Sansar News- Online for Global Nepali

कविता: सामुन्नेबाट नियालेको मृत्यु र बाँच्ने प्रेरणा

भुवन शिवाकोटी “चौघरे”,कोटेश्वर, काठमाण्डौं
१ महिना पहिले

कोरोनास संक्रमण तेह्रौं दिन
निमोनिया पहिचान भएको आठौं दिन
यो साँझमा
अस्पतालको पन्ध्रौ नं. आइसियु बेडमा लडिरहेकोछु
आँखामा
सिलिगंबाट ज्योति नै टिपौला जसरी झरेका छन् बत्तिहरू
उपचारमा संलग्न नर्सहरू छन्
डक्टर प्राय: देखिन्न
भेन्टिलेटर मिसिनमा बिरामी भरिएका छन्
सबै मिसिनको आवाजमा बिरहमात्र भरिएकोछ
कुनै न्याउली चरी जसरी कराइरहेछन्
कुनै कुखुराको माउ बिछडिएका चल्ला झैं चिच्याइरहेछन्
कुनै कोइली जसरी
कुनै एक्लो ढुकुर जसरी कराउदैछन्
कुनैमा मेसिनमा
पोथी सर्पहरू झैं बिनको आवाजमा भरिएको संगीत छ
सायद ध्वनी बजाउने यमराज नै हुनुपर्छ
स्थिती खुसीको माहौलमा छैन
म आफैभित्र पाकेर गल्दै हराइरहेछु यतिबेला
कायरको भाँती कान थुनेर
सकिनसकि टाढा भाग्न चाहन्छु
तर सन्नासोले झैं समातिरहेका छन् घाँटी

तिम्रो कर्म र जुझारूपनको सकृयताकालागि
मुरीमुरी आभार सिस्टर !
म तिम्रो सकारात्मक दृष्टि देखेर
आँखा अगाडि
आफुजस्तै संक्रमित मृत्यु हेरेर पनि
आँखिभौमा धमिलिएको उज्यालोमा तन्किएर
हातेमालो गर्दैछु
आत्मबल भरिएको बाँच्ने प्रेरणामा
बिजयी भएर आफै उभिनलाई
मेरो पर्खाइमा
मेरो सिंगो संसार घर फर्कने बाटो हेरिरहेछ ।।

यी संगीतहरू
करकरी खाइरहेछन्
मुटु कलेजो छियाछिया पारेर चपाइरहेछन फोक्सो
आँखामा उज्यालो सपना छैन
मुटुमा आफ्नै पाइला प्रति बिश्वास डग्मगाउँदैछ
खै के भनौ आँग सिरिगं गरेर
छिनछिनमा ज्वरो बढेर एक सय ३ डिग्री पुग्छ
सिटामोल निल्छु
निडर भएर
मुटु छेड्ने इन्जेक्सन नसामा घोच्छिन सिस्टर
पीडामाथी पीडा थपेर
आफ्नै श्वास निल्न असहज भइरहेछ
आफन्तबाट पर
भर्खरै सामुन्नेमा छेउको बेडमा मृत्यु भयो
अन्तिम सदगतको प्याकिंग भयो
दुखित भएर हेरिरहें
चारैतिर सबै भयातुर थिए
तर यतिधेरै सकसमा पनि नर्स तिम्रो सकृयता
बास्तबमै प्रेरणादायि रह्यो मलाई
संक्रमण र जोखिमको केन्द्रबिन्दुमा परेर पनि
खुसीखुसी
अग्रगामी भुमिका खेल्दैछ्यौ तिमी
तिमी नारी !
तिम्रो कर्म र जुझारूपनको सकृयताकालागि
मुरीमुरी आभार सिस्टर !
म तिम्रो सकारात्मक दृष्टि देखेर
आँखा अगाडि
आफुजस्तै संक्रमित मृत्यु हेरेर पनि
आँखिभौमा धमिलिएको उज्यालोमा तन्किएर
हातेमालो गर्दैछु
आत्मबल भरिएको बाँच्ने प्रेरणामा
बिजयी भएर आफै उभिनलाई
मेरो पर्खाइमा
मेरो सिंगो संसार घर फर्कने बाटो हेरिरहेछ ।।

(कवि भुवन सिवाकोटी चौघरे कोभिड संक्रमण भई ग्रीनसिटी हस्पिटल धापासीमा उपचारार्थ हुनुभएकोले संसार न्युज परिवार वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।)

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…