Sansar News- Online for Global Nepali

कविताः आजकल

महेशराज खरेल, कोटेश्वर
१ महिना पहिले

आज फेरि एउटा मृत्युले
शंखघोष गर्याे
जो नहुनु थियो
त्यही भयो
जो रहनु थियो
त्यही गयो ।

हुन त जीवन जिएर
निरर्थक हुँदा,
जीवन बाच्नु भन्दा
मर्नुको मूल्य खोज्न
सहज हुँदा
सायद मानिस यसै हुनाले
अकाल मृत्यु आव्हान गर्दछ
मृत्युको कोखमा नै
आफ्नो अभिष्ट पूरा गर्दछ !

भन्न अप्ठ्यारो हुन्छ
ज्युँन कति कठिन छ आजकल
बाँचेको मानिस भन्दा
मरेको मानिस सबल छ आजकल
नपत्याए हेर !
ठहराउ, पहिचान बनाउ
यहाँ प्रत्येक बाचेका मानिस
लाञ्छित छन्,
तर
सबै मरेका मानिस
सम्मानित छन् आजकल ।

हेर ,बिचार,
विश्लेषण वा संश्लेषण गर,
आजको जिवित बिप्लब
टुक्रटुक्रा भएर उपेक्षित छ,
हिजोको तस्करलाई हेर !
मरेपछि कस्तो शानदार
शालिक बनेको छ !

त्यसैले यहाँ बाँच्न रहर गर्ने भन्दा
मर्ने रहर गर्नेको मान छ आजकल
यहाँ बाच्ने युधिष्टिर भन्दा
मरेको दुर्याेधनको सान छ !! आजकल

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…