Sansar News- Online for Global Nepali

लघुकथा: नेता

विनोद नेपाल,काठमाडौं
१ महिना पहिले

बोलिरहनु पर्ने उनको बानी, यसो बोल्न पाएनन् कि मुख चिलाईहाल्थ्यो । समय र सन्दर्भ समेत नहेरी उनी केवल बोल्नमै रुचि राख्थे ।

त्यस दिन पनि एकाएक टेलिभिजनमा उनको अनुहार देख्न पाईने खबर चैतको डढेलो झैं फैलियो । खबर हठात् आएकाले धेरैले दौडादौड गरेर पनि समय छोप्न पुगे । म स्वयं पनि उसैगरी घर पुगें ।

केटाकेटीहरु सिनेमा हेरिरहेका थिए । मैले हतार हतार रिमोट समाएँ र च्यानल परिवर्तन गरें । केटाकेटी आश्चर्यमा परे ।
किन, कहाँ के भो र बा यस्तो हतारमा टेलिभिजन हेर्न आईपुग्नुभो ?

उनीहरुले सम्भवतः कुनै भयङ्कर दुर्घटना वा केही विशेष खबर आउन लागेको अनुमान गरे ।
मैले ईशाराले हल्ला नगर्न भनें । सबैजना चुपचाप भए ।

केहीबेरमै टेलिभिजनमा उनको अनुहार देखियो ।

उनले बोल्न मात्रै के थालेका थिए केटाकेटी चिच्याउन थाले, ‘हैन फेरि यही मान्छेको भाषण ? केही काम छैन कि क्या हो बा यो मान्छेको अरु ? सधै भाषण मात्रै गरिराख्छ’

‘नेता हो नेता, नेताको काम नै भाषण गर्ने त हो’ -मैले भनें ।
जवाफ सुनेर उनीहरू मौन भए ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…