Sansar News- Online for Global Nepali

कविता: बलि चढाऊ मलाई

छवि वैरागी घिमिरे,मोरङ
१ महिना पहिले

आऊ माग म रक्त दिन्छु सजिलै द्यौ मृत्यु श्रद्धाञ्जलि
निर्दोषी पशु मार्न पर्दछ भने मेरो चढाऊ बलि ।
मेरो रक्त निकाल गर्दन चुँडी ती देवका थानमा
छालाबाट बनिन्छ दाप खुकुरी हड्डी रहुन् ज्यानमा ।।

धर्ती अम्बर होस् मिलोस् रससुधा उत्साह नाच्दै रहोस्
बाँचून् जन्तु सबै नमार चिडिया यो रक्त साक्षी रहोस् ।
मेरो ज्यान दिँदा समस्त पशुका उद्घार हुन्छन् भने
फाँसी चढ्न तयार हुन्छु सहजै ती जन्तु बाँच्छन् भने ।।

अन्धो बन्छ समाज धर्म पथमा संस्कार पाखण्डको
लिन्छन् प्राण कठै ! लुछेर मुटुमा कस्तो खुसी दण्ड यो ?
बन्छन् भोजन जन्तु मांस घरमा सम्मानका खातिर
त्यस्तै रोग र शोक हुन्छ जनमा चीत्कार छन् आखिर ।।

खोजी गर्छ मनुष्य धर्म मठमा हत्या र हिंसा गरि
जस्तै होस् धनवान् हिरण्य गहना हो दैत्य आडम्बरी ।
पापैपाप भरिन्छ हिंस्रक बने ती दुष्ट हुन् दानव
यस्तै सोच भए विकास गतिमा के हुन्छ त्यो सम्भव ।।

हत्यारा कसरी सुधारक भए यी प्रश्न छन् सज्जन
सेवा धर्म समाज मन्दिरतिरै पापी बढे झन्झन ।
आमा चिन्न सकिन्न नै यदि भने धर्ती कहाँ बाँच्तछिन्
नेता कानुन दुष्ट सन्तति भए धर्ती कहाँ हाँस्तछिन् ??

छन्द: शार्दूलविक्रीडित
साभार: माटाको आस्थाबाट)

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…