Sansar News- Online for Global Nepali

कविताः मुसा र सर्पहरु

प्रेमलकुमार खनाल, काठमाडौं
१ महिना पहिले

खेतमा धानका पहेलपुर बाला लागेका छन्
मुसाहरुलाई यतिबेला दशै आएझै भा छ
धानवारीमा सर्पहरु पनि सल्बलाई रहेका छन्
मुसाहरु मानिसहरुको चहलपहल नभएको वेला
खेतवारी देखिन घरका ढुकुटीमा पसेर
अन्नपात सखाप पार्दैछन,
सर्पले पनि ठुलो सानो भन्दैन
मांसाहारी भएकोले
यसले गडेउला, किरा, फटयांग्रा, भ्यागुता
र खेतवारीमा मुसाहरु खाने गर्दछ
यसले मानिसलाई डस्ने गर्दछ,
यसको विष मानिसको शरिरमा पर्ने बित्तिकै
मानिसलाई ठाउँको ठाउँ ठहरै पार्दछ
यसले मानिसलाई प्रतिशोध नै लिने गर्दछ
यसलाई मानिसले ‘नाग’ भनेर पूजा पनि गर्ने गर्दछन
हो, सबै सर्पहरु ज्यानमारा हुदैनन्
तर गोमन र करेतले त मानिसको ज्यान नै लिन्छ
एक पटक रिसाएको सर्पले
मानिसलाई जुनी जुनी सम्म छोडदैन
प्रतिशोध लिएर ज्यानै लिने गर्दछ
यो सामन्ती अभिजात वर्गकै जात हो
यसलाई दूध खुवाएर आफ्नो पनि हुदैन
यसले त मौका पर्ना साथ डसि हाल्दछ
यसको विषले मानिसलाई ठहरै पार्दछ ।
यो जति धेरै अस्तित्वमा रहन्छ
त्यति धेरै यसका विषालु सन्तान बढदै जानेछन्
त्यसैले, यस्ता गोमन र कोरेतरुपी सर्पहरुलाई
कहिल्यै उठन नसक्ने गरि सखाप पार्नै पर्दछ
मानिस र जीव जन्तुलाई डस्ने
नरभंक्षी सर्पहरुलाई सखाप पार्नै पर्दछ,
अन्न वाली खाने मुसाहरुलाई नी सखाप पार्नै पर्दछ
मानवजाती, जीवजन्तू र अन्नवाली सखाप पार्नेे
मुसा र सर्पहरुलाई सखाप पार्नैपर्दछ ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…