Sansar News- Online for Global Nepali

एकसाथ ‘आमा’ र ‘सेतो छडी’ बोलको म्युजिक भिडियो सार्वजनिक

अरुणबहादुर खत्री ‘नदी’
९ महिना पहिले
एकसाथ ‘आमा’ र ‘सेतो छडी’ बोलको म्युजिक भिडियो सार्वजनिक

ललिता शर्माको ‘मेरी आमा र ललिता ‘दोषी’ को म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको छ ।  शर्माको ‘मेरी आमा’ हास्य कलाकार दमन रुपाखेती र दोषिको ‘सेतो छडी’ निरा अधिकारीले सार्वजनिक गरेकी हुन् । अधिकारी नेपालको पहिलो दृष्टिविहिन महिला अधिकृत हुन् ।

सार्वजनिक कार्यक्रममा हास्य कलाकार रुपाखेतीले ‘मेरी आमा’ गीतले सबैको मन छुने बताएका थिए भने निरा अधिकारीले अन्तर्राष्ट्रिय सेतो छडी दिवस अक्टूबर १५ लाई आधार मानेर सेतो छडी सम्बन्धी म्युजिक भिडियोकोे सार्वजनिक गरिएकोले गीतले दृष्टिविहीनहरूका भावनालाई जस्ताको तस्तै उतारेको बताइन् ।

मेरी आमा बोलको गीतमा वरिष्ठ गायिका संगीता प्रधान राना र मीठो स्वरका धनी सन्देश पौडेलको स्वर रहेको छ । सेतो छडी गीतमा मीठो स्वरकी धनी दृष्टिविहीन सरिता अधिकारीको स्वर रहेको छ । यी दुवै गीतको सङ्गीत बहुमुखी प्रतिभाका धनी दृष्टिविहीन रमेश सुवेदीले गरेका छन् ।

दुवै गीतका बारेमा प्राध्यापक, भाषा समालोचक पौडेल र महेश कार्कीले बोलेका थिए ।

रुपा न्यौपाने, ठाकुर प्रताप दुलाल, सर्मिला शर्मा, अष्टमान महर्जन, तारा पौडेल, ठाकुर प्रसाद दुलाल , कौशल पौडेल, अलिन जि.सी बुलेट, सम्राट धिमिरे, विशाल के.सी, गोविन्द दुलाल आदिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा राजकुमार कुँवरको संचालन रहेको थियो । उनी यी दुवै गीतका निर्देशक पनि हुन् । ‘मेरी आमा’ गीतमा सर्मिला शर्मा र सन्देश पौडेललगायत अन्य कलाकारको जीवन्त अभिनय रहेको छ ।

‘सेतो छडी’ गीतमा निरु मगर, सम्पदा दुलाल, राजकुमार कुँवर, गोविन्द दुलालको जीवन्त अभिनय रहेको छ भने भिडियो निर्देशकमा राजकुमार कुँवर, गोविन्द दुलाल रहेका छन् ।

उक्त गीतमा सहनिर्देशक विशाल के.सी, छायाकङ्न अनिल जि.सी र शृङ्गारमा एन.जी मगर रहेका छन् । शान्ति पौडेलको सभापतित्व र हास्य अभिनेता दमन रुपाखेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त दुवै भिडियोको सम्पादन सिमली मिडियाले गरेको छ ।

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती २ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? २ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…