back

नेकपा नेता पन्तको टिप्पणी – प्रधानमन्त्रीको बचाउ गर्न खोज्दा साडि उघारेर स्तन ढाकेजस्तो भयो

वि.सं.२०७७ कात्तिक ९ आइतवार

195 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रवास समन्वय कमिटीका सह–इन्चार्ज लक्ष्मण पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दा साडि उघारेर स्तन ढाकेजस्तो देखिएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताबारे पार्टी र सरकारमा महत्वपुर्ण जिम्मेवारी सम्हालेका केहि नेताहरुले ढाकछोप गरेको भन्दै संसारन्युजसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

संसारन्युजसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘शुरुमा भेटको कुरा अस्विकार गरीयो, त्यसपछि प्रेसनोटमार्फत जानकारी गराइयो, अहिले विभिन्न शैलीमा कुरा गरेर लाजछोप्न खोजिदैछ, यो त सरासर साडि उघारेर स्तन छोपेभन्दा अरु केहि होइन ।’

हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी नआउनु, गुप्तचर प्रमुख विशेष विमानद्वारा आएर नेपालका प्रधानमन्त्रीलाई भेट्नु, राजदूतावाससँग र परराष्ट्र मन्त्रालयसँग समन्वय भएको नदेखिनु र एउटा गल्तीलाइ छोप्न अरु धेरै गल्ती थप्दैजानुले सरकार पार्टीको मात्र नभएर देशकै शाख गिरेको बुझाई पन्तको छ ।

‘भारतको दूतका रुपमा गुप्तचर प्रमुख आउने की अरु विशिष्ट राजनीतिज्ञ आउने यो प्रश्न एकातिर छ भने अर्कातिर आइसकेपछि उनलाई दूत भनेर भनिरहनुको खासै अर्थ पनि छैन्’, पन्तले अगाडि भने, ‘सबैले छलङ्गै बुझेको विषयलाई ढाकछोप गर्नुको अर्थ छैन ।’

गत बुधबार राती प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग गोप्य भेटघाट गरेका थिए । बुधबार रात भएको गोप्य भेटबारे चौतर्फी आलोचना भईरहँदा प्रधानमन्त्री ओली नजिक देखिएका केहि घटना सामान्य भन्दै ढाकछोपमा लागेका छन् ।

वि.सं.२०७७ कात्तिक ९ आइतवार १९:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...