११ कार्तिक, काठमाडौँ । कोलकात्ता नाईट राइडर्सलाई ८ विकेटले पराजित गदैँ किंग्स इलेवन पंजाब अकं तालिकाको चौँथो स्थानमा उक्लेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । कोलकत्ताका लागि ब्याटिङ्गमा शुभमन गिलले सर्वाधिक ५७ रन बनाएका थिए भने पंजाबका लागि बलिङ्गमा मोहम्मद शमीले सर्वाधिक ३ विकेट लिएका थिए ।
कोलकत्ताले दिएको १५० रनको लक्ष्य पंजाबले १८.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पंजाबका लागि मंदिप सिंह र क्रिस गेलले अर्धसतकको पारी खेलेका थिए । क्रिस गेल ५१ रन बनाएर आउट भएका थिए भने मंदिप ६६ रन बनाएर नटआउट रहेका थिए ।
जितसँगै पंजाबले १२ खेलबाट १२ अकं जोड्दैँ अकं तालिकाको चौँथो स्थानमा उक्लेको छ ।
वि.सं.२०७७ कात्तिक ११ मंगलवार ०७:४२ मा प्रकाशित