Sansar News- Online for Global Nepali

भारतीय सेनाध्यक्ष आगामी कात्तिक १९ मा नेपाल आउने

संसार न्यूज़
१ महिना पहिले
भारतीय सेनाध्यक्ष आगामी कात्तिक १९ मा नेपाल आउने

काठमाडौं । भारतीय सेनाअध्यक्ष जनरल एम एम नरवणे आगामी कात्तिक १९ मा नेपाल आउने भएका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै नवरणे आउने औपचारिक जानकारी दिएको हो ।

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष नरवणे नेपाल भ्रमणमा आउन लागेका हुन् । सेनाको जनसम्र्पक तथा सूचना निर्देशनालयले जानकारी दिएअनुसार उनी चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउँदैछन् ।

उनको नेपाल भ्रमण तीन दिने हुनेछ ।

भ्रमणका क्रममा उनी समकक्षी पूर्णचन्द्र थापासँग छलफल, जंगी अड्डामा सम्मान गारद निरीक्षण, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तक्रिया लगायतका कार्यक्रममा सहभागी हुने नेपाली सेनाले जानकारी दिएको छ । सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा दिने कार्यक्रम पनि छ ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…