back

आन्तरिक विवाद चुलिए पछि नेकपाको केन्द्रीय समिति बैठक स्थगित

वि.सं.२०७७ कात्तिक १२ बुधवार

102 

shares
NTC AD
Global IME AD

काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक आगामी मंसिर १५ सम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढेको कारण बैठक सारिएको नेकपाको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । बैठक मंसिर १५ देखि १७ सम्म आयोजना हुने विज्ञप्तीमा उल्लेख छ ।

गत भदौ २६ मा सम्पन्न नेकपाको स्थायी समिति बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बसाल्ने निर्णय गरेको थियो ।

बैठक स्थगितको कारण आन्तरिक कलह

सत्तारुढ नेकपाभित्र विवाद चुलिँदै जाँदा केन्द्रिय समितिका एक तिहाई सदस्यले गत भदौ दोस्रो साता केन्द्रीय समिति बैठकको माग गर्दै केन्द्रीय कार्यालय धुम्बाराहीमा हस्ताक्षर बुझाएका थिए । आन्तरिक कलह व्यवस्थापनका लागि उनीहरुले केन्द्रीय समिति बैठक बोलाइनुपर्ने माग राखेका थिए ।

जसका निमित्त स्थायी समितिले कात्तिक १५ देखि १७ गतेसम्म बैठक बस्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय आन्तरिक विवाद झनै चुलिन थालेको छ ।

विभिन्न नियुक्ती तथा कर्णाली विवादले नेकपाभित्र विवाद चर्कदौं छ । बैठक स्थगित गरिनुलाई आन्तरिक विवादको कारण मानिएको छ ।

वि.सं.२०७७ कात्तिक १२ बुधवार १४:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...