काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ का लागि आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर तथा नगद लाभांश दिने घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनिहरुलाई १४ प्रतिशत बोनस शेयर तथा २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बोनशस सेयर बितरण पश्चात बैंकको चुक्त पूँजी २१ अर्ब ६३ करोड पुग्ने छ ।
अघिल्लो आर्थिक बर्ष २०७५÷७६ मा बैंकले कूल २५.५ प्रतिशत बोनश बितरण गरेको थियो । जस मध्ये १२.७५ बोन सेयर तथा १२.७५ प्रतिशत नगद लाभांश बितरण गरेको थियो ।
बैंकले गत बर्षको चौथो त्रैमासिकसम्ममा ३ अर्ब ८ करोड खुद नाफा गरेको जनाएको छ ।
बिहिबारको कारोबारमा कम्पनीको अन्तिम सेयर मूल्य २९९ रुपैंयाँ रहेको छ ।
संचालक समितिबाट परित भएको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ ।