Sansar News- Online for Global Nepali

कृषिमा सम्भावना खोज्दै सिन्धुका ११ भाई रिपोर्ट-कृषि

अजय खत्री
४ हप्ता पहिले
कृषिमा सम्भावना खोज्दै सिन्धुका ११ भाई

मेलम्चि, सिन्धुपाल्चोक । उत्पादनमार्फत समाजवादको जग बस्ने कुरा गफमा होइन व्यवहारमै प्रयास गर्दैछन् सिन्धुपाल्चोकका ११ भाइ ।

विदेशको भूमिमा रहँदाको पिडालाई भुलाउन स्वदेशमा नै सम्भावना देखेर विदेशबाट फर्किएका र स्वदेशमा नै केहि गर्नुपर्छ भन्ने सोच भएका युवाहरुले सामुहिक कृषिफार्मको सुरुवात गरेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ६ का स्थानीय युवाहरुले सामूहिक लगानीमा कृषिफार्मको सुरुवात गरेका छन् ।

कृषिलाई व्यवसायिकरण गर्ने र अर्गानिक कृषि प्रणालीलाई जोड दिँदै रासायनिक मलको खपत घटाउँदै लाने उद्देश्यका साथ कृषिफार्मको सुरुवात गरिएको छ । देशमा रहेको वेरोजगारीको अवस्थालाई कृषि पेशाले मात्र समाधन गर्न सक्ने देखेर युवाहरु कृषि व्यवसायप्रति आकर्षित भई लागेका हुन् ।

यो ११ जनाको समूहले प्रत्येक सदस्यबाट सुरुवातमा दुई दुई लाख संकलन गरि संयुक्त लगानीमा फार्मको सुरुवात गरेका हुन् । कृषिमा सरकारले अनुदानको व्यवस्था गरेपनि त्यसको दुरुपयोग वढि भएकाले सरकारी अनुदान नलिई फार्मको सुरुवात गरेका उनिहरु फार्मबाट केहि राम्रो नतिजा दिएरमात्र अनुदानको प्रक्रियामा जाने सोच रहेको उनीहरु बताउँछन् ।

फार्म खोलेका ११ जना मध्ये तिनजना बिदेशबाट नेपाल फर्किएका युवाहरु छन् । उनिहरु विदेशमा रहँदाको पिडा र त्यहाँको अनुभव लिएर नेपालमा नै केहि गर्ने सोचमा छन् भने बाँकी ८ जना नेपालमा विभिन्न क्षेत्रमा काम गरेपनि त्यसबाट घरपरिवार चलाउन समेत मुस्किल भएकाले आधुनिक कृषि व्यवसाय गर्ने उद्देश्यकासाथ फार्म खोलेर परम्परागत कृषि प्रणालिमा सुधार गर्दै लैजाने सोचका साथ कृषिफार्मको सुरुवातमा लागेको बताउँछन् ।

यसरी भयो फार्मको सुरुवात

विदेशबाट आएका विवेक थापा नेपालमा केहि गर्नुपर्छ भन्ने सोचमा थिए । तर उनिसँग लगानी गर्नका लागि आवश्यक पैसा थिएन । जग्गा बैंकमा धितो राखेर ऋण लिएर भएपनि केहि गर्ने सोचमा थिए तर गाउँको जग्गाधितो राखेर ऋणदिन बैंक त्यति सकरात्मक देखिएन ।

उनिहरुले नै कुनै व्यवसाय गरेमा मात्र बैंकमा कारोबार गर्न सजिलो हुने सुझाब दिएपछि शिशिर वाईवा, झोक्कि वाईवा, अल्लारे वाईवा, रमेश वाईवा, दिलबहादुर वाईवा, दुर्गा वाईवा, सुदे वाईवा, लालबहादुर बोम्जन, विर बहादुर बोम्जन र भुवन थापा कृषि व्यवसायमा अघि बढ्ने सोच राखेर फार्म खोल्न लागे । कृषि व्यवसाय गर्ने सामूहिक उद्देश्य बोकेर बंैकका कर्मचारीहरुको सल्लाह अनुसार कृषिफार्म खोल्ने काममा उनिहरु लागे । वि.स २०७६ माघ देखि फार्म खोल्ने तयारीमा जुटेका उनिहरुले वि.स २०७७ असार २१ मा पाँचपोखरी थाङपाल कृषि तथा पशु फार्मको संयुक्त रुपमा व्यवसायिक सुरुवात गरे । अहिले उनिहरु मध्येबाट ३ जनाले फार्ममा रोजगारी पाएका छन् भने फार्मको स्तर बढाउँदै लाने योजना भएकाले निकट भविष्यमा नै अरु केहिलाई रोजगारी दिन सक्ने स्थितिमा पुग्न सकिने उनिहरुको विश्वास छ र सोहि अनुरुप काम पनि अघि बढाई रहेका छन् ।

बाख्रा पालनबाट फार्मको सुरुवात

उनीहरुले ६ रोपनी जग्गा लिजमा लिएर उनिहरुले बाख्रापालन गरि कृषि व्यवसायको सुरुवात गरेका छन् । सुरुवातमा वाख्रापालन गरेका उनिहरुले आगामी दिनमा त्यसलाई बढाएर तरकारी खेति, गाईभैसीपालन लगायतका अन्य योजनाहरु बनाएका छन् । कृषिफार्म संचालक मध्येका एक विवेक थापाका अनुसार हालको लगानीबाट बाख्रापालन गरेको र आगामी दिनमा लगानी बढाएर थप १५ रोपनी जग्गा लिजमा लिई गाईभैसीपालन गर्ने र त्यहाँबाट उत्पादन हुने जैविक मलको प्रयोग गरि तरकारी खेतिको सुरुवात गर्ने योजना रहेको बताए ।

उनका अनुसार उनिहरुको योजना भनेको सम्पूर्ण उत्पादनहरु पूर्णरुपमा अर्गानिक हुने छन् । हाल स्थानीयस्तरका उन्नतजातका बाख्राहरु पालेका उनिहरुले आगामी दिनमा अन्य ठाउँबाट विकासे बाख्राहरु ल्याउने उद्देश्य रहेको बताए । उनिहरुले बाख्राको लागि आवश्यक पर्ने घाँसको लागि पनि जग्गा लिजमा लिएर घाँस लगाएका छन् । उनि भन्छन् “विदेशमा धेरै दुःख गरियो । न भनेजस्तो कमाउन नै सकियो न त मनमा शान्ति नै मिल्थ्यो ।

चाडपर्व आयो गाउँघरको याद आउने घरमा भएको बालबच्चाको उतिकै न्यास्रो लाग्ने राम्रो काम गरुन्जेल स्यावास् भन्छन्, सानो मात्र गल्ती भएपनि सजायको भागेदार हुनुपर्ने, धेरै पिडा थियो । स्वदेश फर्केर केहि गर्छु परिवारसँगै मिठो मसिनो खाएर रमाउँला भन्ने सोच राखेर नेपाल फर्र्र्किंए । पछि अरु विदेशबाट फर्किनु भएका साथीहरु र स्वदेशमा नै अवसरको खोजिमा रहनुभएका साथीहरुको पनि साथ मिल्यो त्यसपछि कृषिमा नै केहि गर्नपर्छ भन्ने सोचका साथ फार्मको सुरुवात ग¥यौ ।”

कृषि फाम नै किन ?

नेपाल एक कृषिप्रधान देश भएर पनि कृषिवस्तुमा समेत परनिर्भर हुँदै आएको छ । फार्मका अध्यक्ष झोक्कि वाईवा भन्छन् “गाँउघरमा शिक्षित युवाहरु धेरै छन्, उनिहरुमा शिक्षाको घमण्ड छ । पढेलेखेकाले कुट्टो कोदालो गर्नु नहुने जस्तो मानसिकता उनिहरुमा देखिन्छ । न उनिहरुले भनेजस्तो रोजगार नै पाउन सकेका छन् । प्राय युवाहरु अझैपनि ब्यर्थमा समय बिताइरहेका छन् । हामी उनिहरुलाई कृषि पेशा भनेको सम्मानित पेशा हो र यसबाट राम्रो आम्दानि गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेर देखाउन र उनिहरुलाई पनि यसतर्फ आकर्षित गराउन चाहान्छौ ।”

जसको माध्यले कामगर्ने वानिको विकास हुनुका साथै हामीलाई स्वास्थ्य बन्न पनि सहयोग पुग्छ । गाँउघरमा समेत युरिया मलको बढि प्रयोग गरेर विषादियुक्त तरकारी प्रयोग गर्ने प्रचलन वढेको छ । त्यसमा कमि ल्याएर स्थानियस्तरमा अर्गानिक कृषिवस्तुको उत्पादन गर्ने प्रचलन बसाउने प्रमुख उद्देश्य उनिहरुको रहेको छ । स्थानीय स्तरको माग परिपूर्ति गरेर अन्य स्थानमा बजारको खोजिगरि कृषि उत्पादनबिक्री गर्ने समेत उनिहरुको सोच रहेको छ ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…