काठमाडौं । स्ट्याण्डर्ड चार्टर बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना शेयरधनीहरुलाई करिब १२ प्रतिशत बोनस शेयर र नगद लाभांश दिने निर्णय गरेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर तथा ४.८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बिहिबार बसेको बैंक संचालक समितिको ४०३ औं बैठकले गतबर्षको आर्थिक प्रतिबेदन पारित गर्दै सो निर्णय गरेको बैंकले जनाएको छ ।
बोनस बितरण गर्ने बोर्डको निर्णय नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, तथा नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराईएको तथा बैंकले आयोजना गर्ने बार्षिक साधारण सभाबाट स्विकृती लिईने जनाईएको छ ।