चढेको मातले ज्यादै सतायो छल्किए आँखा ।
बितेको रातले व्यर्थै जगायो छल्किए आँखा ।
मरेको छैन यो माया भनी साँचे सधैँ मैले,
अनौठो घातले छाती भिजायो छल्किए आँखा ।
तिमीले बिर्सियौ मैले नबिर्सेको कहानीको,
नमीठो प्यासले घाँटी सुकायो छल्किए आँखा ।
सधैँ मेरी भने मैले तिमी अन्तै रमाईछ्यौ,
पुरानो यादले आत्मा जलायो छल्किए आँखा ।
टुसाएको थियो माया कलेजीको कुना चिर्दै,
निमोठ्दै हातले चुड्दा डरायो छल्किए आँखा ।
बहर-मुतकारिब मुसम्मन असलम (छन्द(विधाता)
वि.सं.२०७७ कात्तिक १५ शनिवार ०९:१७ मा प्रकाशित