Sansar News- Online for Global Nepali

लघुकथाः मुखमा राम राम

प्रेम नेउपाने ‘प्रहर’, रुम्तेक, सिक्किम भारत
४ हप्ता पहिले

आज सप्तमी । ठाँउ -ठाँउमा शोभायात्राको लहर छ । मातालाई राम्रोसंग डोलीमा सजाई अनेकौं मंगलाचरण स्तुती भजन तथा फलफूल अक्षता धुप बातीका साथमा शोभायात्रामा जाने तर्खर सबैको रहेको छ ।

यस्तैमा बिरे बड़ाले पनि आजको शोभायात्रामा जाने योजना बनाई सकेका छन् । श्रीमतीलाई मंदिर लाने फलफूल धुप बाती तयार पार्न लगाए । जेठा छोरा घर मै रंग चुना लगाउने खेताला हुनाले घर मै बस्ने भो । माईलो खोई कोनी कता के को मिटिंग हुनाले जाने भयो । आखिरमा बुढ़ाले कान्छोलाई नै मंदिरको लागि छनौट गरे ।

बुढ़ाले भन्दै थिए ‘रुपेस तँ जा है मंदिर । तल देवी थानमा गएर बस्नु । त्यही सबै भेला भएर शोभायात्रा निकाल्छन् । अलिक छिटै नुवाई धुवाई गरीकन घरको पूजा पाठ गरेर जानु । अहिले बिहानै खाना नखानु । आज व्रत नै बस् । मंदिर पुगेर राम्रोसंग देवीको पूजा गर्नु । साह्रै भोक लागे केही फल खानु । अलिक चोखोनितो हुनु । म चै तल माल्दाईले खसी काट्ने अरे । बिहानै बनाउने भन्दैथिए । गएर सघाउनु पर्यो नी । नत्र त भरे फेरि पुगेन भन्दिन्छन् । त्यसैपनि घर मै खान चार पाँच किलो त लागी हाल्छ । फेरी पाहुना-पाखालाई पनि मिलाउँदा झन्डै आठ-दस किलो त लागी हाल्छ ।’
‘ल है । म गए है । त्यो रंग लाउने मदिसे आयो भने आज चै सक्नु पर्छ है ।’

कान्छो छोराले मोबाइलमा के पूजा गर्छौ मंदिरमा गई पहिले आफ्नु बानी सुधार’ भन्ने गीत बजाउदै तौलिया बोकेर बाथरुम तिर लाग्यो ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…