back

कविता: कवि र कलम

वि.सं.२०७७ कात्तिक १५ शनिवार

189 

shares
NTC AD
Global IME AD

कलम र कवि बाँच्यो एकता मा बसेर
मधुर मधुर मीठो जिन्दगानी रचेर
दिनदिन कवि बाँच्ने अङ्ग सारै सुरम्य
कलम र कविता को हेर शक्ति अचम्म ।१।

कवि सँग दिन साट्यो साधना मा डुबायो
हरपल दुनिया को राज जान्यो उठायो
कलम छ कति प्यारो जान्न सक्ने कवि हो
सृजन छ कति प्यारो बाच्न सक्ने कवि हो ।२।

कलम सफल बन्ने सत्य का सिर्जना ले
कवि दिन दिन रम्ने सिर्जना का मुना ले
कवि सँग मन साट्ने मात्र सच्चा मसी हो
कलम र प्रिय पाना भित्र बाँच्ने कवि हो ।३।

जति पनि कर जोड मित्रता हुन्न टाढा
कलम र कवि का ती प्रेम साटिन्छ गाढा
हृदय नजिक राख्ने दिव्य देखिन्छ पाना
सफल गलत जाँच्ने सत्य लेखिन्छ जान ।४।

अलिकति दुनिया का दोष काला समेटी
अलिकति दुनिया का सत्य भाका समेटी
कवि कलम समात्छ पोख्छ सारा बिचार
कलम र कविता को राग मा डुब्छ तार ।५।

छन्द: मालिनी

 

वि.सं.२०७७ कात्तिक १५ शनिवार ०९:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...