काठमाडौं । ज्योती समुहको स्याकर ट्रेडिङ कम्पनीले महविर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाइ प्रत्येक व्यक्तिको हस्ताक्षर वापत १०० रुपैयाका दरले दश लाख सहयोग गरेको छ ।
स्याकार ट्रेडिङ नेपालका लागि होण्डाको आधिकारीक बिक्रेता हो । ‘म जिम्मेवार नागरिक’ नाम दिईएको उक्त अभियानमार्फत विश्वव्यापि रुपमा फैलिएको कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि आवश्यक पर्ने पिपिईलगायतका सुरक्षा कवजहरु निर्माण गर्नका लागि कम्पनीले उक्त अभियान संचालन गरेको हो । उक्त अभियानमार्फत कम्पनीले आविष्कार केन्द्रलाई दश लाख सहयोग गरेको छ ।
स्याकर ट्रेडिङ कम्पनीका एसिस्टेन मिडिया म्यानेजर सुमित सिलवालका अनुसार कम्पनीले हस्ताक्षर अभियानमार्फत आविष्कार केन्द्रलाई दिएको रकम मार्फत निर्माण गरिएको स्वास्थ्य सामाग्रिहरु विभिन्न अस्पतालहरुलाई वितरण गरिएको छ । वि.स. २०२५ बाट आधिकारीक रुपमा दुई पाङग्रे मोटरसाईकल र स्कुटरको विक्रि सुरुवात गरेको कम्पनीले समय सापेक्ष रुपमा सामाजिक काममा पनि कम्पनिलाई सरिक गराउदै आएको छ । सो समुहले वि स २०३३ बाट स्याकर ट्रेडिङ कम्पनी अन्तरगत रहेर अटोमोवाईल, मोटरसाईकल र पावर प्रोडक्टको विक्रि गर्दै आएको छ । प्रत्येक वर्ष साठि हजार भन्दा वढि दुई पाङग्रे सवारिसाधन विक्रि गर्दै आएको कम्पनिको नेपालभरमा ७० भन्दा वढि दुई पाङग्रे सवारिसाधनका विक्रि केन्द्र रहेको छ । कम्पनीले वि स २०५९ बाट आधिकारीक रुपमा होन्डाका चार पाङग्रे सवारिसाधनको विक्रि पनि सुरुवात गरेको हो । हाल ट्रेडिङले होण्डाका दुई पाङ्ग्रे चारपाङ्ग्रे सवारी साधनहरुको बिक्रि गर्दै अएको छ ।
कोभिड १९ ले पारेको असर सङग्रै सामान्य तर्फ अगि वढ्दै व्यवसाय
विश्वव्यापि रुपमा फैलिएको कोभिड १९ को असरले गर्दा पुर्ण रुपमा धरासाई भएको अर्थतन्त्रको असर सम्पुर्ण क्षेत्रमा पर्न गयो । यसै विच अटोमोवाईल, मोटरसाईकल र पावर प्रोडकको विके्रताहरुको अवस्था पनि दयनिय नै बन्न पुगेको थियो । सुरक्षा चुनौतिको बावजुत विस्तारै गति लिन थालेको अर्थतन्त्रसंगै अटोमोवाईल, मोटरसाईकल र पावर प्रोडकको विक्रिले पनि गति लिन थालेको छ । सिलवाल भन्छन्, “ कोभिडको असर अझै देखिइनै रहे पनि केहि हदसम्म भएपनि व्यापारले गति लिन थालेको छ । दुई पाङग्रेको हकमा ग्राजिया स्कुटर, डियो र वाईकमा साईनले अनुकुल अवस्थाको वावजुत पनि राम्रो बजार लिई रहेको छ । ” कोभिडका कारण बाजारमा पार्टसहरु नपाएको ग्राहकहरुले गुनासो गर्नेे गरेको सिलवालको भनाई छ । “कोभिडका कारण भन्सारमा असर पर्दा सामान आयातमा समस्या भएको तथा पार्टसहरुको अभाव वजारमा देखिएको हो ।” सिलवालले भने, “समय अनुकुल हुदै गएकाले अव यो समस्या चाडैनै समाधान हुने छ । ” पर्याप्त सामान आयात नहुदा तथा सामान आयातमा असर पर्दा टोकन प्रणालिमा विक्रि गरिरहेको पनि उनले बताए । एकातिर कोभिडको असरले आयातमा परेको असर र अर्का तिर सरकारले यातायातको सामाग्रिमा लगाएको कर वृद्धिले गर्दा पनि विक्रिमा केहि समस्या देखिएको उनको भनाई छ ।