Sansar News- Online for Global Nepali

कसरी चुनिन्छन् अमेरिकामा राष्ट्रपति ? के पपुलर भोटको अर्थ छ ? सन्दर्भ : अमेरिकी चुनाव

संसार न्यूज़
४ हप्ता पहिले
कसरी चुनिन्छन् अमेरिकामा राष्ट्रपति ? के पपुलर भोटको अर्थ छ ?

काठमाडौं । अमेरिकामा ३ नोभेम्बर यानी आज राष्ट्रपतिय चुनाव हुँदैछ । यस पटक चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिष्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार मंगलबार साँझ ४ः१५ देखि अमेरिकामा भोटिङ्ग सुरु हुनेछ । जानकारी रहोस्, नेपालको समय अमेरिकाको समयभन्दा १० घण्टा ४५ मिनेट छिटो छ । अमेरिका यस पटकको मतदान बिहान ६ बजेदेखि राती ९ बजेसम्म हुनेछ ।

कसरी हुने गर्छ राष्ट्रपति पदका लागि उम्मेदवार चयन ?

नेपालको भन्दा बेग्लै रुपमा अमेरिकामा आम मतदाता नै राष्ट्रपति पदको उम्मेदवार चयन गर्ने गर्दछन् । त्यहाँ पार्टीहरु उम्मेदवारको चयन गर्न जनताको बीचमा जान्छन् । राष्ट्रपति उम्मेदवार बन्न चाहने नेता प्रत्येक राज्यमा हुने ‘प्राइमरी र कोकस इलेक्सन’ मा हिस्सा लिन्छन् ।

जो उम्मेदवारले सबै राज्यमा हुने ‘प्राइमरी र कोकस इलेक्सन’ चुनाव जित्दछ उसले निश्चित संख्यामा ‘डेलिगेट्स’को पनि समर्थन प्राप्त गर्नुपर्नेछ । यसपश्चात मात्रै उक्त नेता पार्टीको औपचारिक उम्मेदवार बन्ने गर्दछ ।

इलेक्टोरल कोलेज सिस्टमबाट चुनिन्छन् राष्ट्रपति

अमेरिकामा राष्ट्रपति चुनावमा मतदाताले सिधै राष्ट्रपति पदका उम्मेदवारलाई भोट दिन पाउँदैनन् । उनीहरुले राज्यका इलेक्टर्सलाई चुन्ने गर्दछन् । हर राज्यमा निश्चित संख्यामा इलेक्टोरल कोलेज भोट हुने गर्दछ । जुन राज्यको जनसंख्याको आधारमा निर्भर हुन्छ ।

कुल ५३९ भोट हुन्छ जसमा २७० या त्यो भन्दा बढि भोट जित्नुपर्ने हुन्छ । जुन उम्मेदवारलाई २७० इलेक्टर्सको समर्थन मिल्न जान्छ उही नै अमेरिकाको राष्ट्रपति बन्दछ । अमेरिकामा ५३८ इलेक्टर्समा ४३५ रिप्रेजण्ेटेटिभ्स, १०० सिनेटर्स र तीन डिस्ट्रिक्स अफ कोलम्बियाका इलेक्टर्स छन् ।

राष्ट्रपति बन्न यस्तो योग्यता

अमेरिकी राष्ट्रपति चुनावका लागि लड्ने व्यक्ति अमेरिकामा नै जन्मेको हुनुपर्नेछ । उसको उमेर न्यूनतम ३५ वर्ष हुनुपर्नेछ ।

अमेरिकी इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रपति हुने व्यक्ति रुजवेल्ट थिए । उनी अमेरिकाको २५ औं राष्ट्रपति बनेका थिए । राष्ट्रपति विलियम मैकिनको हत्यापश्चात उनलाई उक्त जिम्मेवारी प्राप्त भएको थियो । राष्ट्रपति पदको चुनावमा लडेर ह्वाइट हाउस पुगेका जोन एफ कैनेडी ४३ वर्षका थिए ।

यसरी हुन्छ फैसला

यदि कुनै पनि प्रत्याशीलाई बहुमत इलेक्टोरल भोट प्राप्त भएन भने अमेरिकी राष्ट्रपतिको चुनाव अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सले गर्दछ । हाउस अफ रिप्रेजेन्टेटिभ्सले ती तीन उम्मेदवारलाई चुन्छ जसले सबैभन्दा बढि इलेक्टोरल भोट्स पाएको हुन्छ । प्रत्येक राज्यलाई एक भोटको अधिकार दिइएको हुन्छ । जो उम्मेदवार सबैभन्दा धेरै राज्यको भोट हाँसिल गर्दछ उही नै राष्ट्रपतिमा चुनिन्छ । यस्तो केवल सन् १८२४ को अमेरिकी चुनावमा भएको थियो ।

पपुलर भोट धेरै पाए पनि अर्थ रहन्न

अमेरिकी राष्ट्रपति चुनाव २०१५ मा डेमोक्रेटिक पार्टी उम्मेदवार हिलेरी क्लिन्टनलाई करिब २९ लाखभन्दा बढिको पपुलर भोट मिलेको थियो तर उनी चुनावमा हारिन । यसको कारण डोनाल्ड ट्रम्पको पक्षमा इलेक्टोरल भोट ज्यादा आउनु हो ।

यस्तो सन् २००० मा भएको चुनावमा जर्ज डब्ल्यु बुशको साथ पनि भएको थियो । त्यस समय बुश डेमोक्रेटिक उम्मेदवारको तुलनामा पपुलर भोटले पछाडि परेका थिए तर इलेक्टोरल भोट भने उनलाई धेरै प्राप्त भएको थियो । प्रतिष्पर्धी अलगोरले २६६ ल्याउँदा उनले २७१ प्राप्त भएको थियो । १९ औं सताब्दीमा जोन क्विंसी एडम्स, रदरफोर्ड बी हायेस र बेन्जामिन हैरिसनले पनि पपुलर भोटमा कमजोर देखिएका थिए । तर उनीहरुले इलेक्टोरल भोटको माध्यमबाट जितेका थिए ।

सबैभन्दा महंगो चुनाव हुने अनुमान

हुँदै गरेको राष्ट्रपति चुनाव अमेरिकी इतिहासमै सबैभन्दा महंगो चुनाव बन्न जाँदैछ । पछिल्लो पटक भएको चुनावको तुलनामा दुई गुणा बढि खर्च हुने अनुमानहरु भईरहेका छन् । यसपटक करिब १४ अरब डलर खर्च हुने अनुमान गरिएको छ ।

बाइडेनलाई चन्दादाताको सहयोग बढि

अहिलेको चुनावमा राष्ट्रपतिका उम्मेदवार बाइडेनलाई चन्दाको ओइरो लागेको छ । हालका राष्ट्रपतिभन्दा झण्डै दुई गुणा बढि चन्दा बाइडेनको नाममा संकलन भएको छ । जानकारीअनुसार बाइडेनलाई करिब १ अरब अमेरिकी डलर चन्दा प्राप्त भएको छ । जबकी ट्रम्पलाई ५९.६ करोड डलर मात्रै सहयोग प्राप्त भएको छ ।

इतिहासका सबैभन्दा बृद्ध राष्ट्रपति चुन्दै अमेरिका

अमेरिकी इतिहासमै अहिलेको निर्वाचन बृद्ध उमेरका उम्मेदवारबीच हुँदैछ । दुवै उम्मेवादर ७० वर्ष पार गरिसकेका छन् । उम्मेदवार बाइडेन ट्रम्पभन्दा ३ वर्षले जेठा छन् । हाल बाइडेनको उमेर ७७ वर्ष भयो भने ट्रम्प ७४ वर्षका भए ।

कहिले आउला नतिजा ?

चुनावको रात अर्थात् ३ नोभेम्बरकै रात परिणाम सार्वजनिक हुनेमा अन्यौंल छ । तथापी नतिजाको अनुमान भोटिंग अन्त्य भए प्राप्त गर्न सकिन्छ । यसपटक ‘मेल इन बैलेट र पोस्टल बैलेट’को संख्या बढेको छ । पेन्सल्भेनिया र मिशिगनका अधिकारीहरुले मत गन्न नै तिन दिन लाग्नसक्छ भनिरहेका छन । यद्यपि ४८ राज्यमा परिणामहरु तत्कालै आउनेछन् । यदि प्रतिष्पर्धा कडा भयो भने नतिजा कुर्न भने ३ दिन कुर्नुनै पर्नेछ । एजेन्सीको सहयोगमा

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ५ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…