काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना सेवाग्राहीहरुको सुविधाका लागि ‘फोनलोन‘ नामक नयाँ कर्जा सुविधा सार्बजनिक गरेको छ । बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदानगर्ने उद्देश्यले ‘नयाँ फोनलोन’ सेवा संचालनमा ल्याएको जनाएको छ ।
यो सुबिधा अन्तर्गत बैंकमा विभिन्न किसिमका तलब खाता संचालन गरिरहेका ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि रु. १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट ‘फोनलोन’ सुविधा सहजै प्राप्त गर्न सक्नेछन भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन । त्यस्तै कुनै निवेदन दिन र कानूनी कागजात गरिरहनु नपर्ने पनि बैंकले जनाएको छ ।
ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको जनाईको छ । आगामी दिनहरुमा कुमारी बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटलमैत्री बनाउँदै लैजाने पनि जनाएको छ ।
देशव्यापि रुपमा १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिङ इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।