१९ कात्तिक, बुटवल । कुमारी बैंक लिमिटेड र बुटवलस्थित उच्च गुणस्तरीय पेडा तथा मिठाईहरुका लागि प्रसिद्ध पवन मिष्ठान्न भण्डारसंग सम्झौता गरेको छ ।
उक्त सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले पवन मिष्ठान्न अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुमा ५% छुट प्राप्तगर्न सक्नेछन्।
मिठाई रव्यञ्जनहरु हाम्रा चाडपर्व तथा उत्सवहरुको एक अभिन्न अंग रहँदै आएका छन् । यसै बीच सम्पूर्ण नेपालीहरुको महान उत्सव दीपावली नजिकिँदै गर्दा, आफ्ना ग्राहकहरुले गुणस्तरीय व्यञ्जनलगायत मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी उक्त महोत्सव आफ्ना परिवार जनसँग हर्षोल्लासकासाथ मनाउन सकुन भन्ने अभिप्रायले उक्त सम्झौता गरिएको बैंकले जनाएको छ । सो सम्झौतापत्रमा बैंककातर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुखी राम मणि अधिकारी र पवन मिस्ठान्न भण्डारका प्रोप्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गरेका छन् ।
देशव्यापि रुपमा १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिङ इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।