१९ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु भएकी पत्नी सिता महरालाई पशुपतिको आर्यघाटमा अन्तिम श्रद्धान्जलि दिएका छन् ।
शरीरमा अक्सिजनको मात्रा घटेको र निमोनिया देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा राखेर उपचार गरिएकी महराको आज बिहान ६ः२५ मा निधन भएको थियो ।
उपचारकै क्रममा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको बताइएको छ । पशुपतिको आर्यघाटस्थित शबदाहगृहमा सिता महराको दाहसंस्कार गरिएको हो ।
अन्तिम विदाईमा पूर्वसभामुख महरा, छोराहरु : निर्मल, राहुल आफन्तजन लगायतको उपस्थिति रहेको थियो ।
तस्बिरहरुः डिल्ली मल्ल