Sansar News- Online for Global Nepali

व्यवस्थापकीय श्रेष्ठताका लागी इएमबिए कोर्ष

संसार न्यूज़
५ महिना पहिले
व्यवस्थापकीय श्रेष्ठताका लागी इएमबिए कोर्ष

काठमाडौं । व्यवस्थापन आफैमा समग्रताको बिम्ब हो भने व्यवस्थापकीय श्रेष्ठता भनेको प्रतिस्पर्धामा पनि अब्बलता हो । आजकल यहि मान्यताका साथ जनशक्ति निर्माणका प्रयास गरीएको हुन्छ । अहिले विकसित सुचना प्रविधिका कारण सम्पुर्ण विश्व नै एउटा सानो गाउँमा परिणत हुँदै गएको छ । विकाससँगै हरेक व्यवसायको क्षेत्रमा नयाँ–नयाँ अवसर र चुनौतिहरु थपिइरहेका छन । विकसित परिस्थितिले हरेक चुनौतिसँग जुध्न सक्ने, समस्याको सामाधान गर्न सक्ने र नयाँ समस्याको सिघ्र पहिचान गर्नसक्ने व्यवसायिक बौद्धिकताको माग गरेको छ ।

व्यावसायिक श्रेष्ठता र प्रतिस्पर्धात्मक अब्बलतालाई नै केन्द्र बनाएर विश्वविद्यालय तहको अध्ययनमा एक्जुक्युटिभ एमबिए(इएमविए) कोर्ष राखेर पछिल्लो विकसित र सम्भावित नयाँ उद्यमका क्षेत्रको पहिचान, उद्यमको सिर्जना र त्यसको कुशल व्यबस्थापकीय नेतृत्व गर्न सक्ने दक्ष मानव स्रोतको उत्पादनमा जोड दिइदै आएको छ । नेपालमा भएका पछिल्ला राजनैतिक परिवर्तन र तुलनात्मक स्थिरतापश्चात देशमा विकास भएका नयाँ उद्योग, बैंकिङ क्षेत्र, अस्पताल, पर्यटन क्षेत्र, शैक्षिक क्षेत्र, सुचना–प्रबिधि र व्यवसायिक क्षेत्रको सम्भावना पहिल्याउने र त्यसको व्यवस्थापनका साथै कार्यकारी उत्कृष्टताका लागी इएमविए कोर्षको महत्वपुर्ण योगदान रहेको स्पष्ट नै छ । यसका अलवा वैदेशिक श्रम बजारले क्रमशः दक्ष व्यावसायिक नेतृत्वको मागलाई बृद्धि गर्दै गईरहेको सन्दर्भमा उच्च पारिश्रमिकसहितको वैदेशिक रोजगारिका लागि पनि इएमविए अध्ययनको महत्व थप बढेर आएको छ ।

नेपालमा इएमविए कोर्ष र हिमालयन ह्वाइटहाउस ईन्टरनेशनल कलेजको प्रयास

नेपालमा पहिलो पटक सन् २००० देखि नै म्यानेजमेन्ट शिक्षामा अग्रणी भूमिका खेलेको पुर्वाञ्चल विश्वविद्यालय र यसको स्विकिर्ती लिएर चलिराखेको हिमालयन ह्वाइटहाउस ईन्टरनेशनल कलेजले व्यावसायिक र प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा नाम कमाएको कलेजले नेपालमा इएमबिए कोर्ष शुरुवाती गराएको हो । विभिन्न प्रतिष्ठान तथा व्यावसायिक घरानाहरुमा काम गरीरहेका र कार्यकारी नेतृत्वको अभिलाषा राख्नेहरुका लागी नै यो कोर्ष आजभन्दा २१ वर्ष अगाडिदेखि शुरु गरीएको थियो ।

कलेजका एकेडेमिक डाइरेक्टर तोया नारायण पौडेलका अनुसार पछिल्लो दशक यता इएमविए कोर्षमा विद्यार्थीको आकर्षण अत्यन्तै बढ्दै गइरहको छ । सन्सारन्युजसँग पौडेल भन्छन्, ‘यो विषयको अध्ययनपश्चात विद्यार्थी एक दक्ष व्यवसायिक बौद्धिक नेतृत्वको रुपमा विकास गर्दै नयाँ व्यवसायिक सम्भावनालाई पनि पहिल्याउने काम गर्न सक्छ, साथै कुनै पनि संस्था वा व्यवसायको सफल नेतृत्वसहित उत्कृष्ट व्यवस्थापन गर्ने हैसियत राख्दछ ।’

नेपालका विश्वविद्यालयहरुले पाठ्यक्रम र समय निर्धारण गर्न पाउने स्वायत्त अधिकार राखे बमोजिम पुर्वाञ्चल विश्वद्यालयबाट अनुमति लिएर एमविए कोर्षको अध्यापन गराउँदै आएको हिमालयन ह्वाइटहाउस ईन्टरनेशनल कलेजले ६९ क्रेडिटआवरको समय अवधिमा विद्यार्थीलाई इएमविए कोर्षको पनि अध्यापन गराउँदै आएको छ । जुन समयलाई कलेजले चारवटा सेमेस्टरमा विभाजन गरेको छ ।

यस्तो छ इएमबिएको कोर्ष

पहिलो सेमेस्टरमा कलेजले व्यवसाय व्यवस्थापन, सुक्ष्म अर्थशास्त्रीय विश्लेषण, व्यावसायिक रणनीति, लेखा व्यवस्थापन, मानवश्रोत व्यवस्थापन, प्रवन्धकीय सञ्चारसम्बन्धि अध्यापन गराउने कार्य गर्दछ भने दोस्रो सेमेस्टरमा बृहत अर्थशास्त्रीय विश्लेषण, परीमाणत्मक प्रविधिहरु, सांगठानिक मनोविज्ञान, बजार व्यवस्थापन, संस्थागत वित्तिय व्यवस्थापन र अनुसन्धान प्रणाली पढाउने गर्दछ ।

यसैगरी १८ क्रेडिट आवर रहेको तेस्रोमा व्यवसायको कानुनी पाटो, सुचना व्यवस्थापपन प्रणाली, रणनैतिक व्यवस्थापन, उत्पादन तथा सञ्चालन व्यवस्थापन, वित्त, मानवश्रोत र बजारमध्ये कुनै दुईमा बिशिष्टीकृत गराउने ध्येय रहेको छ । १५ क्रेडिट आवर रहेको चौथो सेमेस्टरमा अन्तराष्ट्रिय व्यवसाय, समग्र र गुणस्तरीय व्यवस्थापन तथा तेस्रोमा झैं वित्त, मानवश्रोत र बजारमा थप विशिष्टिकृत गराउने तथा शोधकार्यअन्तर्गत थेसिस राखिएको छ ।

इएमविएमार्फत व्यवसायिक नेतृत्वमा उत्कृष्टता

हिमालयन ह्वाइटहाउस ईन्टरनेशनल कलेजको तथ्यांकअनुसार २० वर्ष अगाडिदेखि इएमविए कोर्ष अध्ययन सकेका हरेक विद्यार्र्थीहरु देश तथा विदेशका उत्कृष्ट कम्पनिहरुमा रोलमोडलको रुपमा काम गरिराखेका छन् । विद्यार्थीहरुले आफ्नो अध्ययनपश्चात आफैं व्यवसायको शुरुवात गरेका छन् वा मझौला वा ठुला व्यवसायको नेतृत्व गर्न पुगेका छन । यस कलेजमा पढेर काम गर्दे गरेका विद्यार्थीहरुले दिएको कार्यसम्पादन र नेतृत्वबाट प्रभावित भएका कारण संस्थागत रुपमा पनि यसतर्फको आकर्षण बढेको छ ।

पछिल्लो समय सरकारी तथा गैरसरकारी सेवामा रहेका र नेतृत्व क्षमताको विकास गर्न चाहने विद्यार्थीहरुको समेत इएमबिए कोर्ष आकर्षणको विषय बन्दै गइरहेको छ । पछिल्लो समयमा सार्वजनिक, साझेदारी र निजी क्षेत्रबाट सञ्चालित मझौला वा ठुला व्यवसायको व्यवस्थापकिय तहमा काम गरेका अधिकांश व्यक्तिहरुको समेत रोजाइको विषय बनेको कलेजका एकेडेमिक डाइरेक्टर पौडेल बताउँछन् ।

हिमालयन ह्वाइटहाउस ईन्टरनेशनल कलेजमा इएमविए

हिमालयन ह्वाइटहाउस ईन्टरनेशनल कलेजले २ सिजनमा विधार्थी भर्ना लिने र अध्यापन गराउने कार्य गर्दै आएको छ । वर्षे सिजनमा ३० जना र हिउँदे सिजनमा ३० जना विद्यार्थीले मात्रै अध्ययन गर्ने व्यवस्था रहेको कलेजले जनाएको छ ।

जसमा इएमविए अध्ययन गर्न चाहने विद्यार्थीले टेक्निकल बिषयलगायत अन्य बिषयहरुमा स्नातक तहमा कम्तिमा ४० प्रतिशत ल्याएर पास गरेको र २ वा सोभन्दा धेरै वर्ष काम गरेको अनुभव भएको हुनुपर्दछ । यसबाट के प्रष्ट हुन्छ भने यसले सैद्धान्तिकभन्दा व्यवहारिक नेतृत्वमा जोड दिएको देखिन्छ ।

हिमालयन ह्वाइटहाउस ईन्टरनेशनल कलेज बिजनेश रिसर्च सेलमार्फत व्यवसायिक अनुसन्धान सम्बन्धि सीपहरुका लागि एस.पि.एस.एस. र आर.आर.जस्ता तालिमहरु सञ्चालन गर्दछ । बिआरइसी अर्धबार्षिक रुपमा जर्नल अफबिजनेश एंण्ड इकोनोमिक रिसर्च पनि प्रकाशन गर्दछ । कलेजले विधार्थीहरुको व्यावसायिक तथा व्यक्तित्व विकासका लागि म्यानेजमेन्ट डिभलोभ्मेन्ट प्रोग्राममार्फत २७ वटा प्रोफेशनल तालिम कार्यक्रमहरु पनि सञ्चालन गरेको छ । कलेजले नै पब्लिक स्पिकिङ्ग र नेतृत्व विकासका लागि बेग्लै क्लबको व्यवस्था पनि गरेको छ ।

बिजनेश र स्टार्टअपका लागि बिजनेश इन्कुबेशनमार्फत विभिन्न व्यवसायीक तालिमहरु तथा व्यवसायिक पहुँच बृद्धिको काम पनि अगाडी बढाइएको छ । कलेजले सम्पूर्ण विधार्थीहरू तथा विभिन्न संघ सस्थामा आबद्ध कर्मचारी तथा व्यवसायीहरुलाई कोभिड–१९ को विषम परिस्थितिमा विश्वकै सर्वाधिक लोकप्रिय इ–लर्निङ्ग प्लेटफर्मसँगको सहकार्यमा विभिन्न अन्तरास्ट्रिय स्तरका कोर्र्षहरु निःशुल्क रुपमा अध्ययन गर्ने गराउने व्यवस्था गरेको छ ।

कलेजका भाइस–प्रिन्सिपल तथा ग्राजुएट प्रोग्राम प्रमुख सुशील बुढाथोकीका अनुसार आजको विश्वमा प्रतिष्पर्धाभन्दा सहकार्य क्षमता अभिबृदी गर्दै बिधार्थीहरुमा नेतृत्व विकास गरि ग्लोवल सिटिजनका रुपमा हरेक क्षेत्रमा योगदान पुर्याउन सक्ने मानसिकता र नेतृत्वविकास गर्नु नै कलेजको मुल उद्देश्य हो । कोभिड–१९ को विषम परिस्थितिमा माइक्रोसफ्ट जस्तो प्लेटफर्मसँग सहकार्य गरी अध्यन अध्यापन सहजता साथ संचालन गरिएको बुढाथोकीले बताएका छन ।

व्यवस्थापकीय क्षमता अभिबृद्धि, नेतृत्वको कौशलता, विश्लेषण क्षमता, समिक्षात्मक सोंचमा अभिवृद्धि र समस्या समाधानमा तत्परता बढाउनेलगायतका नेतृत्वका विशेषताहरुमा ध्यान दिइएको कारण इएमबिए कोर्षको अध्ययनमा काम गर्दै गरेका स्मार्ट प्रतिभाहरुको आँखा पर्दै गएको छ । (नोट : यो प्रवर्धित सामाग्री हो ।)

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ३ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको पुरस्कार

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको पुरस्कार ४ हप्ता पहिले | संसार न्यूज़

४ चैत, काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ३ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…