back

कथा: अन्तरीलाई निलो साड़ी

वि.सं.२०७७ कात्तिक २२ शनिवार

168 

shares
NTC AD
Global IME AD

एक भारी घाँस टाट्नोमा राखेर एकपटक मज्जाले खुईया गरे । लगाएकै कमेज पल्टाईवरी पसिना पुछे । एकक्षण थकाई मार्दै एउटा बिड़ी सल्काए आनि सरररररर तानेर बेसमारी धुवाँ फुकिरहे फुकिरहे । उता आँगनमा अन्तरी भने आफ्नै धुनमा कुखुरालाई चारो छर्दै घरि घरि कराउँछिन्–तु आह आह.‘तु आह आह….भन्दै । घरिघरि निकै जोड़ले हा..हा… पनि भन्दैछिन् । हाम्रो अन्तरी उस्तै पो छिन् त आफ्नुलाई काखी चेपि हाल्छिन् । अर्काकोलाई पर पर तिर धपाई हाल्छिन् ।

आज भने अन्तरी सधैं भन्दा निकै जोड़ले बेस्मारी कराईन् त्यो पनि एउटै भालेलाई । मलाई त उदेक लाग्यो त्यतिबेला मनमा आटेस मटेस भई आयो । तब चुप लागेर बस्नु ठ्याक्कै सकिन । मेरो स्वाभव पनि उस्तै छ, केही मननपरे प्याच्चै भनिहाल्छु । मन कालो पारेर बाँच्नु जानिएन । हाराङ्ग हुरुङ्ग फसाङ्ग फुसुङ्ग बानी परेकोले होला चित्त नपरे कराई हाल्छु पनि ।

गाईको गोठबाटै तिखो स्वर परिहाले…औ अन्तरी त्यो एउटा रातो भाले त छ नि कुखराको नाममा दुमो । हन् ! त्यो एउटालाई कति साह्रो तु आह आह…तु आह..आह कराको हाऊ । जसकोमा कुखरानै छैन उसैको पो हल्ला ज्यादा छ त !

तिमीलाई चहि के को पिर परेको नि ? न समयमा बस्छ न समयमा नै घर पस्छ त्यो भाले । बरालिने खालको न बैशा छ, न खास जीवन नै छ । बुड़ो बेकामे भाले त्यसको के महत्व । कुकर ठिक पारिराखन बरू भनेर कराई पो दिए ।

साँच्चै अन्तरीलाई मनमा मेरो शब्द वाणले च्वास्सै परिहालेछ कि क्याऊ र गईन् भाले साले छोड़ी हँसिया टिपेर बारी तिर । सधै त अलिकति केही भनेछु भने रोटि जस्तै पुक्क फुलिएर कम्ति मुख चलाउँछिन् । तर आज भने उसलाई पहिला झैं आक्रमक देखिएन । उ रिसाउँदा पनि पीर, नरिसाए पनि पीर । उसमा अचानक आएको परिवर्तनले अचम्म लाग्यो मलाई त । नत्र उही हो खैला बैला देक्ची हानाहान भनाभन खै ! के के भई सक्ने थियो नि ।

मलाई पनि बिस्वाद लागेर आयो । आखिर स्वास्नी भनेको जस्तै स्वाभावमा होस् दुःख सुखको साथी नै हुँदोरहेछ । साँच्चै त्यसलाई एउटा सानो ढुङग्री बनाइदिनु भनेको त्यतिकै भईराखेको छ । अब यो गाई पालेर सुन कमाउनु पनि नाप्पिस आफ्नै अनुहार लोबारनु मनलाग्छ मलाई त । आफ्नु नभए पनि अरूकै बिषयमा उसको गनथन सुन्दा सुन्दै बारी पनि सफा गरिसकेछौ हामी बुढाबुढीले । उतिबेला झमक्क रात हुन लागिसकेको थियो । उ गईन् भान्सा घरतिर बत्तिएर हतार साथ । म लागे गाईलाई घाँस हाल्नु गोठतिर ।

केही बेर पछि म फकाउने निहुँमा चिप्ले घस्दै उसको छेउ बारीमा पुगि हाले । उसको चुपचाप देख्दा बिच्कीलाकी भन्दै उसलाई नम्र स्वरले उसको चुपचापपनलाई भ्रष्ट पारेर भने औ ! अन्तरी यसपाली चाहिँ कुखरा खोजेर हामी पनि लहलह पारौ है ल । यसो कोई बेला सिरूवा खानु पनि हुने यति मात्रै भनिसके उसले स्वभाव देखाउनु थालि त हाल्यो ।

अन्तरीले भन्दै थिइन् औ ! कान्छा तल्लो घरको शकुन्तलाले कम्ति कुखरा राखेको छ । तर नि त्यो महाको आरिसे पो छ त । अस्ति हाम्रो भाले त्यसको कुखुराको हुलमा पसेछ । आबुई ! कस्तो जोड़ेले खेदेको । मलाई पनि रिस उठिहाल्यो भक्कु कराई पो दिए त्यहाँ देखिको बोलेको छैन म संग त्यो । फेरि भन्दै थिइन् परको मईतेलाई हेर त सुँगुर पालेर पराईले दुईटै छोरोलाई विदेश पठाएको कति भयो । पैसा कमायो उसले अब ढुक्क छ मोटिएछ पनि । उसको स्वास्नीको गलामा हेर त सुनको हार कम्ति ठूलो छ । पराई हातभरी पहेंलै परेछ । मसंग बात मार्दा त झन् औंठी लगाएकै हात पो बात बातमा हल्लाउँछीन् त पराई । तिमीले चाहिँ खोई मलाई नाकमा सानो ढुङग्री पनि बनाईदिनु सकेनौ हगी ? उहिले देखिको आजसम्म ल ल भन्दै अब यति धोखामै मरिने रहेछु म–भनेर उसले बिस्वाद मन बनाएर फेरी चुप हुन्छिन् ।

मलाई पनि बिस्वाद लागेर आयो । आखिर स्वास्नी भनेको जस्तै स्वाभावमा होस् दुःख सुखको साथी नै हुँदोरहेछ । साँच्चै त्यसलाई एउटा सानो ढुङग्री बनाइदिनु भनेको त्यतिकै भईराखेको छ । अब यो गाई पालेर सुन कमाउनु पनि नाप्पिस आफ्नै अनुहार लोबारनु मनलाग्छ मलाई त । आफ्नु नभए पनि अरूकै बिषयमा उसको गनथन सुन्दा सुन्दै बारी पनि सफा गरिसकेछौ हामी बुढाबुढीले । उतिबेला झमक्क रात हुन लागिसकेको थियो । उ गईन् भान्सा घरतिर बत्तिएर हतार साथ । म लागे गाईलाई घाँस हाल्नु गोठतिर ।

बेलुकी गोठको काम सकेर हातमुख धोई एकक्षण आराम गरियो । त्यसपछि बेलुकीको खाना खाइवरी ओछ्यानमा ढल्किए । छात्ती भरिको दुःख दिनभरीको थकाईलाई बिड़ीको धुवाँसंगै मुस्लो बनाएर मुखबाट फुकि पठाउँछु निरान्तर,,,।

उसले भान्सा घरको काम ठामठिम पारि ओछ्यानमा पसी । मेरो नजिक टाँसिएर उसले भन्दै थिइन् –औ ! कान्छा यसपाली दशैंमा मलाई साड़ी किनिदेउ ल। मैले भने –ल ल त्यो भैहाल्छ । उ खुशी भइन् मलाई च्याप्पै समातेर आङ्गालेर म्वाइँ खाईन् । फेरी उ भन्दै थिइन्–मलाई त नि माथिल्लो घरको मईतलीले लगाएको निलो साड़ी खुब मनपरेको छ, त्यस्तै किनिदेउ ल । मैले ल ल किनिदिन्छु भनिदिए । उसले भन्दै थिइन्, पोहोर पनि कस्तो राम्रो कुर्ता लगाएकी थिइन् मैतालीले । तिमीले त मलाई त्यतिबेला पनि किनिदिएनौ नि । उसले अझै के के भन्दै थिइन् मलाई । तान्दै थिइन् मेरो पाखुरामा । तर म भने साड़ी दाम सम्झीन्दै नै आँखामा निलो साड़ीको दृश्य बटुल्दै दिनभरीको कामले लखतरान परेर भुसुक्कै निदाई पठाएछु भुसुक्कै निदाई पठाएछु ।

रिङटाङ राजदल बस्ती ,सोनादा दार्जीलिङ

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...