back

लोक सेवा आयोगले सयौं प्राविधिक पदमा आवेदन खोल्यो

वि.सं.२०७७ कात्तिक २६ बुधवार

168 

shares
NTC AD
Global IME AD

काठमाडौंं – लोक सेवा आयोगले बुधबार निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ ।

विभिन्न सेवा समूहका झण्डै ३०० पदका लागि लोक सेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो ।

सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

स्वास्थ्य सेवातर्फका धेरै धेरै जसो पद स्थानीय तहमा समायोजन भई गएकाले यस पटक केन्द्रमा न्यून संख्यामा मात्रै माग भएको छ भने निजामती सेवातर्फ पनि न्यून संख्यामा माग भएको आयोगले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार ०६:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र...

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

काठमाडौँ । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र...

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई...

परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण

परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को...

शिक्षालयका विद्यार्थीको मूख्य उत्पादन च्याउ र मह

शिक्षालयका विद्यार्थीको मूख्य उत्पादन च्याउ र मह

गलेश्वर (म्याग्दी) । म्याग्दीको मालिका गाउँपालिका-७ बिमस्थित किसानी कृषि प्राविधिक...

विद्यार्थीलाई आवश्यक सामान विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने महानगरको चेतावनी

विद्यार्थीलाई आवश्यक सामान विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१...