काठमाडौं – पुर्वाअञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परिक्षा मंशिर अन्तिम हप्ताबाट शुरु गर्ने जनाएको छ । विश्वविद्यालयले आज एक सुचना जारी गर्दै सन् २०२० मा सञ्चालन हुने स्नातक र स्नातकोत्तर तह (सेमेस्ष्टर/वार्षिक) तर्फका नियमित तथा आँशिक परिक्षाहरु मंशिर महिनाको अन्तिम साताबाट सञ्चालन हुने जनाएको छ ।
विश्वविद्यालयको सुचना अनुसार मिति ०७७/०६/१३ देखि ०७७/०७/२८ सम्म सञ्चालित Time-bound Home Exam तर्फका नियमित परिक्षार्थिहरुको हकमा भने सो सुचना लागु हुने छैन् । मंशिर अन्तिम साताबाट हुने परिक्षामा परिक्षार्थिहरु स्वास्थ्य मापदण्डको पालना गरि क्याम्पस/कलेजमा भौतिक रुपमा नै उपस्थित भई दिनुपर्ने विश्वविद्यालयले सुचनामा उल्लेख गरको छ । साथै विश्वविद्यालयले परिक्षाको तालिका छिट्टै प्रकाशित गर्ने जनाएको छ ।