२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा भएका छन् ।
मन्त्रिपरिषद्को कात्तिक २० र २४ गतेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सेनानी मनोज थापासहित पाँच प्रमुख सेनानीको महासेनानीमा बढुवा गरी पदस्थापना गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले महासेनानी मोहन क्षेत्रीसमेत पाँच महासेनानीको पनि सरुवा गर्ने निर्णय समेत भएको उनले बताए ।