काठमाडौं । सरकारले पुस्तक तथा पत्रपत्रिकामा लगाउँदै आएको भन्सार शुल्क पुर्णं छुट दिने निर्णय गरेको छ । शुक्रबार अर्थमन्त्रालयले एक विज्ञप्ती सार्वजनिक गर्दै भन्सार शुल्क हटाउने निर्णय जानकारी गराएको हो ।
गत कात्तिक २४ मा बसेको मन्त्रिपरिषद बैठकले पुस्तक तथा पत्रपत्रिकामा लाग्दै आएको भन्सार महसुल पूर्णं रुपमा छुट दिने निर्णय गरेको थियो ।
सरकारले यस आर्थिक वर्षदेखि नै स्वदेशी तथा विदेशी प्रकाशनको पुस्तक पैठारीमा १५ प्रतिशतसम्म भन्सार महसुस लाग्ने व्यवस्था गरेको थियो । जुन व्यवस्थाको चौतर्फी आलोचना भईरहेको थियो ।