गयो साँझ आई अँध्यारो बनाई
म कोर्दै छु पाना दियालो जलाई
कयौँ शब्दलाई सजाएँ मसीले
प्रिया भन्न छाड्यो अँगाल्यो पराई
समाचार सुन्ने रहर छैन आज
गयो नाम इज्जत भयो जग हँसाई
थियो सम्झनामा नमेटिन्छ मेट्दा
नबिझ्ने रती झैँ म राख्छु लुकाई
तिरस्कार गर्ने सिमाना बनाऊ
रहर तोड बाङ्गा तगारो लगाई
खुशी दुःख सबमा दुबै पक्ष हुन्छन्
अझै बुझ्न बाँकी रह्यो सत्य साई
बहर: मुतकारिब मुसम्मन सालिम