back

पाँच मुक्तक

वि.सं.२०७७ कात्तिक २९ शनिवार

348 

shares
NTC AD
Global IME AD

१.
दीन दुःखी असाह्यको सेवाले पुण्य दिलाउँछ
घायल मुटुले च्यात्तिएकै मनमुटु, तन सिलाउँछ
ढिलोचाँडो भन्नू मात्र न हो मृत्यु आउँछ अबस्य,
हजुर हाम्रो भौतिक शरीर माटोमा बिलाउँछ ।

२.
चाहेको सबै कुरा पाइदैन जिन्दगीमा
बिनासिति कसम खाइदैन जिन्दगीमा
दुई ज्यान एक रथको दुई पाङ्गा नै हो,
माया प्रीति तोड्न लाइदैन जिन्दगीमा ।

३.
वर पिपलुको सितल छायाँ कति राम्रो हजुर
नेपाली नेपाली बिचको माया कति राम्रो हजुर
हिमाल पहाड तराइ आहा मेरो देशको सौन्दर्य,
जन्मभूमि, सेरिफेरो दायाँबायाँ कति राम्रो हजुर ।

४.
जो जो छन् कष्टमा सबको दुःख कष्ट हरुन्
प्रार्थना म गर्दछु ईश्वरले सबैमा खुशी भरुन्
हरेक बिहान यहि चिन्तन मनन गर्दछु म त,
सुप्रभात साथ ईश्वरले जन-कल्याण गरुन् ।

५.
दुईटुक्रा हुदा जोड्ने धागो र सियो बन्नुहोस्
चेतनाको छर्दै बिज अध्यारोको दियो बन्नुहोस्
लथालिङ्ग भताभुङ्ग हुनै लाग्यो हाम्रो यो देश,
लौन कोहि आउनुहोस् दरिलो मियो बन्नुहोस् ।

वि.सं.२०७७ कात्तिक २९ शनिवार ०८:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...