चिन्दैनथ्यो हिजो थोत्रो लुगा झुप्रो घर भनेर
सायद लाग्यो उसलाई छैन यसको भर भनेर
आज महल ठडिएसँगै आफन्त त हुने नै भए
अचम्म दुश्मनले पनि सोधे के छ खबर भनेर
देख्यौ खोला परिश्रमीले फलाउछ खरबुजो
तिमीले पो चिनायौ मरुभूमि हो बगर भनेर
पागल भन्यो सागर तर्न हामफाल्दा उसलाई
तर कसैले देखेन स्थितिले लगारेको तर् भनेर
छल गर्छ घात गर्छ आज आफ्नो खातिर जो
उसलाई ज्ञात हुदैन परिवर्तीत छ सफर भनेर