२९ कात्तिक, काठमाडौं । सिभिल बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकको हाल २० वटा साधारण बचत खाता संचालनमा छन् । बैंकले साधारण १९ वटा खातामा निक्षेप कर्तालाई ४ प्रतिशत व्याज दिने भएको छ ।
यसैगरि, प्रिमियम खातामा भने निक्षेप कर्ताले ६ प्रतिशत व्याज प्राप्त गर्ने छन् । साथै, बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५.१० प्रतिशत देखि अधिकतम ९.२५ प्रतिशत सम्म व्याजदर कायम गरेको छ । हाल बैंकको बेसरेटदर ८.८८ प्रतिशतरहेको छ । त्यस्तै, बैंकले विभिन्न कर्जाको लागि न्यूनतम ९.८८ प्रतिशत देखि १३.८८ प्रतिसतसम्म व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।
५ वर्षसम्मको घर कर्जाको लागि ११.३८ प्रतिशत, १० वर्षसम्म कर्जामा ११.८८ प्रतिशत र १५ वर्षबढि सम्मको कर्जाको लागि १२.८८ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । त्यस्तै, ७ वर्षको सवारी कर्जाको लागि ११.८८ प्रतिशत, १५ वर्ष बढि समयको कर्जामा १३.८८ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ ।