काठमाडौं । सानिमा बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको शुक्रबार भएको १६ औं साधारणसभाले शुक्रबार बैंकका सेयरधनीलाई उक्त बोनस दिने निर्णय गरेको हो ।
कोभिड १९का कारण सरकारले तोकेको सीमा भित्र सेयरधनी उपस्थित भएका थिए । त्यसैगरि, बाँकी सेयरधनी भर्चुअल माध्यमबाट सहभागी भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७८ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो।