Sansar News- Online for Global Nepali

सिटिजन्स बैंकको तिहार लक्षित योजना, मोबाइल बैंकिङमार्फत पैसा पठाउँदा सय रुपैयाँ क्यासब्याक पाइने

संसार न्यूज़
२ महिना पहिले
सिटिजन्स बैंकको तिहार लक्षित योजना, मोबाइल बैंकिङमार्फत पैसा पठाउँदा सय रुपैयाँ क्यासब्याक पाइने

२९ कात्तिक, काठमाडौं । सिटिजन्स बैंकले दोस्रो महान चाड तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङमा क्यासब्याक योजना ल्याएको छ। बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत तिहारमा पैसा पठाउँदा एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

यो योजना कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तीन पटक दुई हजार भन्दा बढी रकम मोबाइल बैंकिङमार्फत पठाउनेले यो क्यासब्याक पाउनेछन्। बैंकका अनुसार यसरी पैसा पठाउँदा सिटिजन्स तिहार भनेर खुलाउनुपर्नेछ।

तिहारमा खेलिने देउसी भैलोको दक्षिणा तथा दिदीबहिनीलाई भाईटिकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यासब्याक योजना ल्याएको बैंकले जनाएको छ ।

यसका साथै तिहारलाई लक्षित गरि बैंकले डिजिटल सहायता केन्द्रको समेत व्यवस्था गरेको छ ।

सर्बाधिक पढिएको

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल १ हप्ता पहिले | संसार न्यूज़

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र…

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु २ हप्ता पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

यस्तो छ सेनाको अ.क पदका लागि लोकसेवा परीक्षामा उर्तीण हुनेहरुको नामावली

यस्तो छ सेनाको अ.क पदका लागि लोकसेवा परीक्षामा उर्तीण हुनेहरुको नामावली ४ दिन पहिले | संसार न्यूज़

९ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि २ हप्ता पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…