Sansar News- Online for Global Nepali

भानुमा औद्योगिक ग्राम स्थापना हुने, एक करोड बजेट विनियोजन

संसार न्यूज़
७ महिना पहिले
भानुमा औद्योगिक ग्राम स्थापना हुने, एक करोड बजेट विनियोजन

२ मङ्सिर, दमौली । तनहुँको भानु नगरपालिका–३ खहरेमा नगरस्तरीय औद्योगिक ग्राम बन्ने भएको छ । सत्चालीस रोपनी क्षेत्रफलमा नगरस्तरीय औद्योगिक ग्राम बनाउनका लागि सरकारले रु एक करोड बजेट विनियोजन गरेको छ ।

नगरपालिकामा बसोबास गर्ने कृषकले उत्पादन गर्ने स्थानीय उत्पादन धान, मकै, कुखुरा बाख्रालगायत उत्पादनसँग जोडिएका वस्तुको बजारीकरणका लागि ग्राम स्थापना गर्न लागिएको हो । कृषक र उपभोक्ताबीच उत्पादन वस्तु खरीदबिक्रीका लागि औद्योगिक ग्रामले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

आर्थिक वर्ष ०७७÷७८ को बजेटबाट खर्च हुने गरी हालका लागि रु एक करोड बजेट विनियोजन गरिएको र आवश्यकतानुसार बजेट थप निकासा हुने सांसद कृष्णकुमार श्रेष्ठले जानकारी दिए । कृषकद्वारा उत्पादित वस्तुको बिक्रीका लागि सहज वातावरण बनाउने र खरीद गर्ने उपभोक्ताले एकै ठाउँबाट सामान खरीद गर्ने भएमा कृषकलाई बजारीकरणका लागि समस्या नहुने सासंद श्रेष्ठले जानकारी दिए ।

यसअघि तनहुँका बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा पनि पालिकास्तरीय औद्योगिक ग्राम निर्माणको प्रक्रिया शुरु भएको छ । स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी यस्ता उद्योगको स्थापना, विकास र प्रबद्र्धन गर्दै रोजगारी सिर्जनाका माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउन छरिएर रहेका साना उद्योगलाई एकीकृत गरी व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक पालिका एक औद्योगिक ग्राम कार्यक्रम ल्याएको थियो ।

औद्योगिक ग्राम घोषणा भइसकेपछि सो क्षेत्रमा गर्नुपर्ने योजना, पूर्वाधार निर्माण, लगानी, प्राविधिक सहयोग, जनशक्ति विकास तथा औद्योगिक ग्रामको सञ्चालन व्यवस्थापनमा सहयोग र सहकार्य गर्न आवश्यक देखिएमा विभिन्न सरकारी तथा निजी क्षेत्रका निकायबीच समन्वय र सहमतिमा कार्यक्रम सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ ।
(रासस)

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…