काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले दक्षिण एसियाली देशहरुप्रति आफ्नो विशेष लगाब रहेको कुरा बताएका छन् । एक आफ्नो किताब ‘ए प्रोमिस्ड लैण्ड’मा एसियाली देशहरुबारे आफ्नो भावना पोख्दै उनले यस्तो बताएका हुन् । उनले आफुँ वर्षौंसम्म इण्डोनेशियामा रहँदा हिन्दु संस्कृतिसँग सम्बन्धित कृतिहरु रामायण र महाभारत कथा धेरै पटक सुनेको कुरा खुलाए।
ओबामाले दाल र कीमा निकै पटक खाएका छन् । र उनले स्वंय पनि बनाउँछन् ।
‘मेरो बाल्यकालको धेरै समय इण्डोनेशियामा हिन्दु कथा रामायण र महाभारतका महाकाव्य सुनेरै बितेको छ, मेरो पूर्वी संस्कृतिप्रति रुची पाकिस्तानी अनि भारतीय साथीहरुको कारण भएको थियो, जसले मलाई दाल र कीमा बनाएर खान पनि सिकाएका थिए, अनि बलिउड फिल्म हेर्न पनि’, उनले किताबमा भनेका छन् ।
उनले भारत देश र हिन्दु संस्कृतिबारे आफुँले धेरै कुरा जानेकाे पनि उल्लेख गरेका छन् ।
ओबामाले महात्मा गान्धीप्रति आफ्नो विशेष आकर्षण रहेको बताएका छन् । उनका अनुसार गान्धीले विश्वभर नै अहिंसाको आन्दोलन सिकाएका छन् । गान्धी, अब्राहम लिंकन, मार्टिन लूथर किंग र नेल्सन मण्डेललाई उनी असाध्यै सम्मान गर्छन् । एजेन्सीबाट