२ मंसिर,काठमाडौ । २०४६ साल यता करिब १४ हजार ब्यक्ति तथा संस्था बैक तथा बित्तिय संस्थाको कालोसूचिमा परेका छन् । कर्जा सूचना केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०४६ साल फागुन २१ गतेदेखि २०७७ साल कात्तिक २८ गतेसम्ममा १३ हजार ७ सय ४६ व्यक्ति तथा संस्था कालोसूचिमा परेका हुन् ।
चालु आर्थिक बर्ष २०७७/७८ को सउनदेखि कात्तिक २८ गतेसम्म मात्र एक हजार ५ सय ९७ जना कालोसूचीमा परेका छन् । आफूले लिएको कर्जा नतिर्ने तथा चेक बाउन्स गर्ने व्यक्ति तथा संस्थालार्ई बैंक तथा बित्तिय संस्थाले सिफारिस गरेपछि कर्जा सूचना केन्द्रले कालोसूचिमा राख्ने गर्दछ ।
१ नंबरमा कर्जा सूचना केन्द्रको कालोसूचिमा परेको हेटौंडा छाला उद्योग लिमिटेड हो । सो सरकारी कम्पनी २०४६ साल फागुन २१ गते कालोसूचिमा परेको थियो । सो कम्पनीलाई तत्कालिन सरकारले कौडिको भाउमा बेचिसकेको छ ।
त्यसैगरि कात्तिक २८ गतेमात्र २७ जना ब्यक्ति तथा संस्था कालोसूचिमा परेका छन् ।
हेर्नुहोस् सूचि