३ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा वाणिज्य बैंकको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ ।
बोर्डले बैंक अफ काठमाण्डू र सानिमा बैंकलाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । दुवै बैंकले ऋणपत्र बिक्री गर्नको लागि बोर्डमा अनुमति दिएका थिए ।बोर्डले बैंक अफ काठमाण्डू र सानिमा बैंकलाई ५ अर्व ६० करोड रुपिँया बराबरको ५६ लाख कित्ता ऋणपत्र निष्कासनको लागि अनुमति दिएको हो ।
बैंक अफ काठमाण्डूले प्रति कित्ता १ हजार रुपैयाँका दरले १ अर्ब ६० रुपैयाँको दरले १६ लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति पाएको हुन । त्यसमा ६४ करोडको ऋणपत्रमा लगानीकर्ताले आवेदन दिन पाउने छन भने बाँकी रहेको ९६ करोडको बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ । बैंकको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
यस्तै सानिमा बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको छ ।
बोर्डका अनुसार सानिमा बैंकको दसवर्षे डिबेन्चेर २०८६ अन्तर्गत इकाइधनीहरुले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन्। बैंकको ऋणपत्रको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड छ ।
त्यस्तै, बैंक अफ काठमान्डूको दसवर्षे डिबेन्चेर २०८६ अन्तर्गत इकाइधनीहरुले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकको ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।