Sansar News- Online for Global Nepali

हेर्नुहोस् के भन्छ त तपाईको आज (विहिबार) को राशिफल ?

संसार न्यूज़
२ हप्ता पहिले
हेर्नुहोस् के भन्छ त  तपाईको आज (विहिबार) को राशिफल ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

धेरै उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ । आफूलाई धेरै लाभ नभए पनि दिगो योजना बन्नेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । रोकिएका काम दोहोर्याउन सकिनेछ।अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। तत्काल चुनौती देखिए पनि अवसर खोज्ने समय छ । धेरै लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा अलि सजग रहनुहोला। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
न्झष्लष्दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा आफन्त र साथीभाइबाट सक्दो सहयोग मिल्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। पुरुषार्थले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ । ईष्र्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ । प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अप्ठ्यारो परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । व्यावहारिक समस्याले कामविशेष रोकिन सक्छ। चाँडै सक्नुपर्ने कामको चाप पनि बढ्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अध्ययनमा समय दिन नसकिएला । फाइदाका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । तर, समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ख्ष्चनयप्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुनेछ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। योजना तत्काल सार्वजनिक नगर्नुहोला । कृषिबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। साझेदारीमा अरूको फाइदाका लागि उपयोग भइएला। शुभचिन्तकहरूले भने काममा साथ दिनेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला परिस्थिति अनुकूल बन्नाले नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल उठाउन सकिनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अभिव्यक्ति तथा लेखनकलामा पनि निखारता आउनेछ । असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ । मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ । बिछोडिएका आफन्तजन भेटिनेछन् । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । आकर्षक उपहार पनि प्राप्त हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
भैपरी आउने समस्याले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूका हातमा जानाले अर्थअभाव देखापर्नेछ। परिवारजनबाट टाढिनुपर्ला । लोभ देखाउनेहरूले फसाउन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला। ऋणभार पनि बढ्न सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अनुभव देखाएर नयाँ काम हातपार्ने समय छ । प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। भेटघाटले उत्साह जगाउनेछ । मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कर्मप्राप्तिको समय छ ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ६ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…