४ मंसिर, काठमाडौं । विश्वव्यापि माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) का कारण प्रभावित बनेको स्नातकतहका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ ।
त्रिविले स्नातकतहमा वार्षिक प्रणाली अन्तर्गत अध्ययन गर्दै आएका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी आन्तरिक तयारी मिलाइएको जानकारी दिएको छ हो ।
गत वैशाख १६ बाट नै हुनुपर्ने त्रिविको परिक्षा कोरोनाका कारण स्थगन गरिएको थियो । स्थगन गरिएको विज्ञान, व्यवस्थापन, शिक्षाशास्त्र अन्तर्गत स्नातकतह चौथो वर्षको परीक्षा मंसिर २८ बाट लिने गरी त्रिविले कार्यतालिका सार्वजनिक गरेको हो ।
मंसिर २४ बाट सुरु भएर पौष १४ मा समापन हुने परिक्षाको चैतको हाराहारीमा स्नातकोत्तरतहमा भर्ना हुनसक्ने गरि नतिजा प्रकाशन गर्ने तयारीमा त्रिवि रहेको छ ।
यसअघि फागुनमा स्नातकोत्तर तहमा विद्यार्थीको कक्षा सुचारु हुने गरेको थियो ।
सङ्क्रमित परीक्षार्थीको लागि छुट्टै व्यवस्था
त्रिविको योजना अनुसार कोरोना भाइरस सङ्क्रमित विद्यार्र्थीलाई परीक्षा दिनको लागि विशेष व्यवस्था गरिएको छ ।
सङ्क्रमित विद्यार्थीको परीक्षा समय अन्य विद्यार्र्थी भन्दा १५ मिनेटपछि संञ्चालन गरिने भएको हो ।
साधारण विद्यार्थीसँग सङ्क्रमित विद्यार्थीको सम्पर्क नगराउनका लागि त्रिविले परीक्षा केन्द्रमा अलग्गै कोठाको व्यवस्था गर्ने भएको छ ।