Sansar News- Online for Global Nepali

अपरा थापा अन्तर्राष्ट्रिय मानव अधिकार पुरष्कार २०२० को जूरी सदस्यमा चयन

संसार न्यूज़
२ हप्ता पहिले
अपरा थापा अन्तर्राष्ट्रिय मानव अधिकार पुरष्कार २०२० को जूरी सदस्यमा चयन

विजय थापा । सामाजिक अभियन्ता अपरा थापा भट्टराईलाई १० औ अन्तर्राष्ट्रिय मानव अधिकार पुरष्कार २०२० को जूरी(निर्णायक समिति) सदस्यमा चयन गरिएको छ । अन्य मुलुकबाट विभिन्न व्यक्तिहरुको चयन संगै नेपालबाट अपरा उक्त समितिमा परेकी हुन् ।

यो पुरस्कार मानव अधिकार परिषदको सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो। यो व्यक्ति,विश्व शान्ति नेताहरू,व्यवसाय नेता,संस्था,संगठनहरूलाई जसले मानवअधिकार र मानवतामा सेवाको संरक्षण र प्रबर्द्धनको लडाईमा असाधारण नेतृत्व देखाउँदछ उसलाई प्रदान गरिन्छ ।

अपारा थापा भट्टराई नेपालकी एक युवा गतिशील सामाजिक कार्यकर्ता हुन् जसले शिक्षाको प्रचार र राष्ट्रमा अभावग्रस्तमा परेकालाई सेवा प्रदान गरि रहेकी छिन । उनी राष्ट्रकी एक युवा प्रतिक हुन् । उनि ‘अन्तर्राष्ट्रिय साहसी महिला २०१९ ‘ बाट पुरस्कृत भै सकेकी छिन ।

२०२० को लागि कसले मानवीय पुरस्कार पाउने भन्ने निर्णयका लागि भट्टराईसँगै विश्वका विभिन्न स्थानका बौद्धिक मानिस हुनेछन्। जस्मा प्राध्यापक डा जाहिद हक(मलेसिया), डा बिन्नी सरीन(भारत), डा एन्थोनी राजू(भारत), डा जुन एन (भारत), टेस मार्टिन(अष्ट्रेलिया), डा अमीन अली( संयुक्त राज्य अमेरिका), नुनो अलेक्जान्ड्रे(पोर्तुगल) र डा जोन ह्यारिसन(भारत) उक्त निर्णायक समितिमा रहेका छन ।

स्विटजरल्याण्ड र बेलायतबाट उच्च अध्ययन गरेकी अपरा थापा पौष्टिक दिवा खाजारखाना कार्यक्रम महामारीको समयमा पनि निरन्तर बिद्यालयका बालबालिकाहरु र खाधन्य जुटाउन नसकेका परिवारलाई अहोरात्र खटिई व्यवस्था गरि रहेकी छिन ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ६ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…