४ मंसिर, काठमाडौं । नेपाल बैंक लिमिटेडले ८४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । वि. सं.१९९४ कार्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भई संचालनमा आएको नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले भर्चुअल माध्यमबाट आफ्नो ८४ औं वार्षिकोत्सव सम्पन्न भएको हो ।
बैकले हाल देशको ६४ जिल्लामा रहेका आफ्ना एक सय ९१ शाखा, एक सय २६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउदै आइरहेको छ । बैंकले वार्षिकोत्सव अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको हो।
बैंकले आफ्नो स्थापनाको ८४औं वर्षमा प्रवेश गरेको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै यहि कार्तिक १ गते देखी निक्षेप खाताहरुमा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो शेयर, सी आस्वा र भिसा डेविट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।