Sansar News- Online for Global Nepali

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका २५ योजना छनोटः कृषि र पर्यटन प्राथमिकतामा

संसार न्यूज़
२ महिना पहिले
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका २५ योजना छनोटः कृषि र पर्यटन प्राथमिकतामा

४ मंसिर, कास्की । कास्की प्रदेश क्षेत्र नं ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २५ योजना छनोट भएका छन् । प्रदेश सभासदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी योजना छनोट गरेको हो । कृषि, पर्यटनलगायत क्षेत्र समेटिने गरी रु दुई करोडको बजेटका लागि योजना छनोट गरिएको प्रदेशसभा सदस्य बरालले बताए ।

योजना छनोटका क्रममा पोखरा महानगरपालिका– १, २, ३, १८, १९ र २५ वडाका साथै माछापुच्छ«े गाउँपालिकाका १ देखि ९ वटै वडामा आवश्यकताका आधारमा सर्वसम्मत रुपमा योजना छनोट गरिएको उनले बताए। योजना छनोटका क्रममा कृषि र पर्यटनका क्षेत्रमा २५ प्रतिशतभन्दा बढी बजेट विनियोजन गरिएको छ । चालु आवदेखि लागू समानुपातिक प्रदेशसभा सदस्यका हकमा पनि ३० प्रतिशत बजेट विनियोजन गर्ने विषयमा सांसद पुष्पा केसीसँगको सहकार्यमा योजना छनोट गरिएको बरालले जानकारी दिए ।

छनोट योजनाको निर्माणलाई अघि बढाउन उपभोक्ता समिति गठन गर्र्नुपर्नेमा उनले जोड दिए। पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले आउँदो पुसभित्र सबै योजना कार्यालयसँग आवश्यक प्रक्रिया मिलाएर सम्झौता गर्नुपर्ने बताए । रासस

सर्बाधिक पढिएको

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल १ हप्ता पहिले | संसार न्यूज़

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र…

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु २ हप्ता पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

यस्तो छ सेनाको अ.क पदका लागि लोकसेवा परीक्षामा उर्तीण हुनेहरुको नामावली

यस्तो छ सेनाको अ.क पदका लागि लोकसेवा परीक्षामा उर्तीण हुनेहरुको नामावली ४ दिन पहिले | संसार न्यूज़

९ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि २ हप्ता पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…