back

प्रवासी नेपाली एकता मञ्च क्यानडाद्धारा शुभकामना आदान-प्रदान

वि.सं.२०७७ मंसिर ४ बिहीवार

189 

shares
NTC AD
Global IME AD

प्रवासी नेपाली एकता मन्च क्यानडाले नेपाली चाडपर्वको अवसरमा शुभकामना आदान-प्रदान गरेको छ ।

मन्चले नोभेम्बर १५ मा दशैं, तिहार, नेपाल सम्वत, छठ तथा उभौली–उधौली पर्वको अबसर पारेर जुममार्फत् शुभकामना आदान–प्रदान गरेको हो ।

नेकपाका केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्यता तथा प्रवासी नेपाली एकता मञ्च क्यानडाका अध्यक्ष रमेश थापाको सभापतित्व र सोहि संस्थाका सचिव अशोक खड्काको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा क्यानडाका बिभिन्न संघ\संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपालका लागि क्यानडाका राजदूत भृगु ढुंगानाले पूर्वनिर्धारित अर्को कार्यक्रमा परेकोले प्रत्यक्ष उपस्थित हुन नसके पनि लिखित शुभकामना सन्देश पठाएका थिए भने कार्यक्रममा क्यानडाबाट मात्र नभएर बेलायत तथा अमेरिकाबाट पनि उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नेकपा प्रवास समन्वय कमिटीका अध्यक्ष चौलागाईंले शुभकामना सन्देश सहित छोटो तर अत्यन्त सटिक मन्तब्य दिएका थिए भने प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी, प्रवासी नेपाली एकता मञ्च अमेरिकाका पूर्वअध्यक्ष सञ्जय थापा तथा वर्तमान अध्यक्ष प्रभु थापाले पनि शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी एनआरएनए आईसिसि मानार्थ सदस्य तथा कन्सर्न नेपालका संस्थापक चन्द्र राइ, अर्का आईसिसि मानार्थ सदस्य रवीन्द्र घिमिरेले पनि शुभकामना मन्तव्य दिएका थिए ।

एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, पूर्वअध्यक्ष अनिल थापा, हेल्पिङ् ह्याण्ड विथआउट बोर्डरका अध्यक्ष अन्जनी भट्टराई, नेपाली जनसम्पर्क समितिका महामन्त्री तथा माउन्ट एभरेष्ट टिभीका संचालक बसन्त कार्की, गिरिजाप्रसाद कोईराला फाउण्डेशन क्यानडाका उपसभापति निरञ्जन थापा, एनसीसीएसका अध्यक्ष बिदुर केसी, टोरोन्टो स्पोर्ट्स्’का अध्यक्ष दिपेन्द्र जङ् केसी, डा. तुलसी धरेल लगायतले पनि शुभकामना मन्तब्य राखेका थिए ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार १५:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...

बाल्टिमोरमा आयोजित भागवत सप्ताहमा झण्डै २० लाख डलर सङ्कलन

बाल्टिमोरमा आयोजित भागवत सप्ताहमा झण्डै २० लाख डलर सङ्कलन

विजय थापा । बाल्टिमोरको भागवत सप्ताहबाट झण्डै २० लाख डलर...