Sansar News- Online for Global Nepali

१६ वर्ष पछि इंल्याण्ड क्रिकेट टिम पाकिस्तान भ्रमणमा जादैँ

संसार न्यूज़
२ हप्ता पहिले
१६ वर्ष पछि इंल्याण्ड क्रिकेट टिम पाकिस्तान भ्रमणमा जादैँ

४ मङ्सिर, काठमाडौँ । १६ वर्ष पछि इंल्याण्ड क्रिकेट टिम पाकिस्तान भ्रमणमा जाने भएको छ । २००५ पछि यो इंल्याण्डको पहिलो पकट पाकिस्तान भ्रमण हुने छ ।

इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोडले २०२१ मा भारतमा हुने टि-२० विश्वकपलाई मध्यनजर गदैँ आफ्नो टिमलाई पाकिस्तान भ्रमणमा जाने अनुमति दिएको हो । त्यस भ्रमणका क्रममा इंल्याण्डले पाकिस्तान विरुद्ध कराचीमा २ खेलको टि-२० श्रृखला खेल्ने छ । २००५ मा पाकिस्तानमा भएको दुवै एकदिवसीय र टेस्ट श्रृखलामा इंल्याण्ड पराजित भएको थियो ।

२००९ मा पाकिस्तानमा टेस्ट श्रृखला खेल्न पुगेको श्रीलंकन टिम माथि आतंकवादी हमला भएको थियो जसमा श्रीलंकन टिममा ६ खेलाडी घाइते भएका थिए । त्यस हमला पछि पाकिस्तानले आफ्नो सबै श्रृखलाहरु युएईमा खेल्ने गरेको थियो ।

यी दुई टिम बिचको पहिलो टि-२० २०२१ को अक्टोबर १४ मा हुने छ भने दोस्रो टि-२० अक्टोबर १५ मा हुने छ । पाकिस्तान विरुद्धको श्रृखला सकिए पछि इंल्याण्डको टोली अक्टुबर १६ मा विश्व कपमा भाग लिनको लागि भारत तर्फ प्रथान गर्ने छ ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ५ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…