Sansar News- Online for Global Nepali

नेप्सेमा नयाँ रकर्ड, एकैदिन ६ अर्बभन्दा बढीको कारोवार

संसार न्यूज़
२ हप्ता पहिले
नेप्सेमा नयाँ रकर्ड, एकैदिन ६ अर्बभन्दा बढीको कारोवार

४ मंसिर,काठमाडौं । साताको पाँचौ दिन बिहीवार सेयर कारोवार नेप्से दोहोरो अंकले बढेको छ । आज समग्र कारोवार ६ अर्व रुपैयाँ नाघेको छ ।

आज नेप्से परिसूचक ३६.३२ अंकले बढेर १७७८.१२ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ पनि ४.९८ अंकले बढेर ३३४.०७ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज सबै कम्पनी उपसूचक समुहको परिसूचक उकालो लागेको छ । आज सबैभन्दा बढि निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले ३९९.१६ अंकले कमाएका छन् ।

आज कूल सूचिकृत मध्ये १९८ कम्पनीको ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ वरावरको १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ५६ हजार ३४१ पटक लेनदेन भएको छ ।

आजको कारोवारमा बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा बढि कमाएको छ । उसले मात्र १८४९ अंकले कमाउदै १० प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा बोट्लर्स नेपाल(८४४), साल्ट ट्रेडिङ कर्पोरेसन(६५५) लगाएतका कम्पनीका लगानिकर्ताले कमाउँदा यसबियल डिभेन्चर २०८२(२२), प्रभु बैंक डिभेन्चर २०८४ (२४), शिखर इन्सुरेन्स लिमिटेड(१२) लगायतका कम्पनीका लगातिकर्ताले गुमाएका छन् ।

आजको बजारमा कारोवार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । उसको मात्र ४१ करोड ८ लाख ४५ हजार ३१० रुपैयाँ वरावरको ३ लाख ७७ हजार ७९९ कित्ता सेयर किनबेच भयो । कारोवार बन्दहुँदा उसको प्रतिकित्ता सेयर मुल्य १११० रहेको छ । त्यस्तै हिमालयन डिस्टिलरि लिमिटेड, नेपाल लाईफ इन्स्याेरेन्स र नेसनल लाईफ इन्स्याेरेन्स क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।

कारोवार संख्याको आधारमा सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड शिर्ष संथानमा रह्यो । त्यस्तै नेपाल पुनर्बीमा कम्पनी, रिलायन्स लाईफ इन्स्याेरेन्स कम्पनी र जनरल इन्स्याेरेन्स कम्पनी क्रमश दोश्रो, तेस्रो र चौथो स्थानमा रहे ।

आजकाे काराेबारमा कुल सूचिकृत कम्पनी मध्ये १३३ कम्पनीका लगानीकर्ताले कमाएका छनभने २३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । त्यस्तै १६ कम्पनीको कारोवारमा कुुनै पनि परिवर्तन नभएको नेप्सेले जनाएको छ ।

Market Summary
Total Turnover Rs:6,116,730,071
Total Traded Shares14,062,507
Total Transactions56,341
Total Scrips Traded198

Market Information
IndexCurrentPoints Change%Change
NEPSE1,778.1236.322.08
Sensitive343.074.981.47 
Float120.991.881.58
Sen. Float110.341.131.03  
Sub-IndicesCurrentPoints Change%Change
Banking1,322.482.710.21  
Trading2,193.94198.49.94
Hotels2,118.59181.639.38  
Development Bank2,098.9228.991.4 
HydroPower1,448.0721.631.52
Finance889.2213.761.57 
Non Life Insurance9,610.63399.164.33
Manu.& Pro.3,833.87204.735.64 
Others1,370.6958.154.43 
Microfinance2,769.1846.381.7  
Life Insurance11,126.86376.153.5 
Mutual Fund11.780.070.63

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ५ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…