Sansar News- Online for Global Nepali

यस्तो छ तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

संसार न्यूज़
२ हप्ता पहिले
यस्तो छ तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पुराना कामको चर्चा हुनेछ भने नयाँ काममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । आजको सानो प्रयत्नले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन् । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हाँसखेल र मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ । दिगो काम थाल्ने समय छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनत गर्दा प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । पहिलेको उपलब्धिलाई थप उचाइमा पुर्याउन सकिनेछ । शत्रुता साध्नेहरू स्वयं कमजोर हुनेछन् । हिम्मतले काम लिँदा फाइदा हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चिताएको काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । अध्ययनमा प्रगति हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ । शुभचिन्तकहरूले काममा साथ दिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । आँटेका काममा सन्तान र अनुयायीको सहयोग जुट्नेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । अनावश्यक साइनो गाँसी नजिकिन खोज्नेहरूसँग अलि सावधान रहनुहोला ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आलोचकहरूबाट जोगिएर काम लिनुपर्ने समय छ । वादविवादमा अघि नसर्नुहोला । काम पूरा नभए पनि मिहिनेतले लाभ दिलाउनेछ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । बुद्धिको उपयोगले धन आर्जन हुनेछ । नियमित काम सम्पादन हुनेछन् । नयाँ कामका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ । खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ । अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ । मिहिनेत गर्दा सफलताको उचाइ प्राप्त गर्न पनि सकिनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । आफन्त र परिवारजनबाट टाढिनुपर्ला । करकापमा परी बाध्यात्मक काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला ।

मीन -दु, थ, झ, ञ, दे, दो, च, चि
धेरै आम्दानी नभए पनि उठ्नुपर्ने रकम हातलागी हुनेछ । तर, हातलागी भएको रकम अरूका लागि खर्च हुन सक्छ । पछिका लागि लगानी गर्नुपर्ला । सञ्चित धन उपयोग गर्नुपर्ने हुन सक्छ । श्रमको उचित मूल्यांकन भए पनि तत्काल सोचेको मूल्य भने प्राप्त नहुन सक्छ । आवश्यकता भन्दा सोख पूरा गर्न बढी खर्च हुनेछ । खर्च टार्न केही सरसापट लिनुपर्ने हुन सक्छ । तापनि, आयस्रोत बढाउने समय छ ।

वि.सं. २०७७ मंसिर ५ शुक्रवार( इ.स. २०२० नोभेम्बर २०) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

हेर्नुहोस् के भन्छ त तपाईको आज (विहिबार) को राशिफल ?

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ६ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…