Sansar News- Online for Global Nepali

दुई नम्बर प्रदेशमा शनिबार पनि सार्वजनिक बिदाको घोषणा

संसार न्यूज़
२ हप्ता पहिले
दुई नम्बर प्रदेशमा शनिबार पनि सार्वजनिक बिदाको घोषणा

५ मंसिर, काठमाडौँ । नेपालमा साताको एकदिन शनिबार सँधै सार्वजनिक बिदा हुने गर्दछ, तर दुई नम्बर प्रदेश सरकारले छठको अवसरमा शनिबार पनि सार्वजनिक विदाको घोषणा गरेको छ ।

मुख्य मन्त्री लालबाबु यादवले सम्पूर्ण हिन्दु धर्मालम्बी एवम् प्रदेशबासीमा छठको शुभकामना दिँदै प्रदेश सरकारको स्थापनाकाल देखि नै छठ पर्वको अवसरमा छष्ठी र सप्ती तिथीमा बिदा दिने गरिँदै प्रचलन अनुसार यसवर्ष पनि दुई दिन बिदाको घोषणा गरेका हुन् । यसवर्ष छष्ठी र सप्तमी तिथी शुक्रबार र शनिबार परेको छ ।

प्रदेश सरकारले आफ्नो वार्षिक क्यालेण्डरमै सार्वजनिक बिदा सार्वजनिक गरिसकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गरिएको छ ।

उनले यसवर्ष विश्व सहित मुलुकमा समेत कोरोना महामारी रहेको हुँदा स्वास्थ्य सर्तकर्ता अपनाइ छठपर्व मनाउन समेत प्रदेशवासीमा अपिल पनि गरेका छन् ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ५ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…