Sansar News- Online for Global Nepali

दोस्रो कृति ‘देश देशावर’ लिएर आए जीवा

संसार न्यूज़
२ हप्ता पहिले
दोस्रो कृति ‘देश देशावर’ लिएर आए जीवा

५ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली अभियन्ता, एनआरएनएका पूर्वअध्यक्ष, व्यवसायी तथा लेखक जीवा लामिछानेले दोस्रोे नियात्रा संग्रहका रुपमा ‘देश देशावर’ ल्याएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण लामिछानेको यो कृति विहिबार अनलाइन कार्यक्रममार्फत् सार्वजनिक गरिएको हो ।

फाइन प्रिन्टले बजारमा ल्याएको उक्त पुस्तकमा नियात्राकार लामिछानेले विभिन्न देशको भ्रमणका क्रममा प्रत्यक्ष भोगेका र देखेका विषवस्तु्लाई पुस्तकमा उर्तान सफल भएका छन् ।

लामिछानेले विशेष कार्यक्रममार्फत् उक्त पुस्तक पाठक समक्ष प्रस्तुत गर्ने चाहना भएपनि कोरोना महामारीले सिर्जना गरेको असहज परिस्थितका कारण सम्भव नभएकोले अनलाइन कार्यक्रममार्फत् नियात्रा संग्रह सार्वजनिक गरिएको बताएका छन् ।

‘मैले केही रहर र लहडले पहिलो कृति सरसर्ती संसार लेखे । त्यस पुस्तकबाट पाएको मायाले पुलंकित मात्र बनाएर सधैं लेखिरहने उर्जा पनि थपिदियो,’ संग्रह सार्वजनिक हुने पूर्व सन्ध्यामा एक भिडियो सन्देश दिँदै लामिछानेले भनेका छन्, ‘पहिलो पुस्तकबाट बटुलेको अनुभव र यसबाट आर्जित स्नेह एवं उत्साहको यो फल नै दोस्रो नियात्रा संग्रह ‘देश देशावर’ हो ।’

पहिलो नियात्रा प्रकाशनपछि पनि आफ्नो यात्राको क्रम नरोकिएको बताएका लामिछानेले कुनै देशमा साथीभाइसँगै र कुन देशमा छुट्टी मनाउने त कतै व्यवसाय प्रवद्र्धनका लागि ती देशमा पुग्ने सिलसिलामा यात्राका भोगाई, सिकाइ अनि हरेक यात्राका अनुभव मष्तिस्कमा राखेर समय मिल्नासाथ यसलाई लेखि हाल्नु आफ्नो रुचीको विषय भएको पनि लामिछानेले बताएका छन् ।

पछिल्लो पटक अफ्रिकी महादेशका विभिन्न देश, चीन, क्यानडा, अमेरिका लगायतका देशका सहरमा पुग्दा संगालेको अनुभवलाई लिपीवद्ध बनाएका लामिछानेको देश देशावरमा २० वटा शिर्षकमा यात्रा संस्मरण समेटिएका छन् ।

जसमा कङ्काल सम्याएर उभिएको विकास, दोसाँधमा तान्जानिया, मोजाम्बिकः चिनियाँ अर्थनीतिको उकेरा, युगाण्डाः विर्सन खोजेको इतिहास, रहस्यमयी द्धीपको रोमाञ्चक यात्रा, क्रोयसियाः सौन्दर्यको जादु, आइसल्याण्डः मुन्तिर आगो, मास्तिर हिँउ, कनेक्टिङ पिपलः मन जोड्ने नारा, लस भेगासः मनोरञ्जनको राजधानी, एउटा विभाजित सहरको कथा, त्यो तीन खुट्टे हात्ती, क्यानडाः अनेकतामा एकता, चीनः जादुयी विकासको झिलमिली, १९९७ भर्सेस २०१३, ‘मिस्टर गोर्बाचोभ ! टियर डाउन दिस वाल’, साहित्यको तीर्थः यास्नाया पोल्याना, कँदिएको हीराः नकुँदिएको हीरा, वीरेन्द्र बियरसँग संवाद, म्युनिखमा बियरको खोलो र जर्मनीमा कुँदिएको नेपाल हिमालय मण्डप शिर्षकमा विषयवस्तुहरु समेटिएका छटन् ।

यसअघि ‘सरसर्ती संसार’ ल्याएका लामिछानेको ‘देश देशावर’ दोस्रो नियात्रा संग्रह हो ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ५ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…