Sansar News- Online for Global Nepali

कार्यालयमै थन्कियो ४२ केजी चिठ्ठीपत्र

संसार न्यूज़
२ हप्ता पहिले
कार्यालयमै थन्कियो ४२ केजी चिठ्ठीपत्र

५ मंसिर, सोलुखुम्बु । जिल्ला हुलाक कार्यालयमा महिनौँ देखिका चिठ्ठीपत्र थन्किएका छन् । कार्यालय प्रमुख सीता दुवाडीले नेपाल वायुसेवा निगमले फाप्लु विमानस्थलमा उडान नभर्दा ४२ केजी चिठ्ठीपत्र कार्यालयमा नै थन्किएको जानकारी दिए।

हप्ताको दुई दिन आइतबार र मङ्गलबार काठमाडौँ–फाप्लु उडान भर्दै आएको निगमले गत असोज १३ गतेदेखि उडान भर्न सकेको छैन । गत चैत ११ गतेपछि निगमले सो दिन पहिलो पटक उडान भरेको थियो । निजी हवाई कम्पनीका विमानले भने धमाधम उडान भरिरहेका छन् । समिट एयर फाप्लुका प्रमुख मिङ्मार शेर्पाका अनुसार उडान शुरु भएदेखिनै फाप्लु–काठमाडौँ यात्रुको चाप पनि उच्च रहेको छ ।

अहिले काठमाडौँ–फाप्लुका लागि सो एयरले आइतबार र बिहीबार तथा तारा एयरले सोमबार र बुधबार नियमित उडान भरिरहेका छन् । निगमका महाप्रबन्धक प्रकाश पौडेलले कर्मचारी अभावले निगमले उडान भर्न नसकेको जानकारी दिए ।

कर्मचारीको अभावले निगमका दुई जहाजले पूर्वका ताप्लेजुङ, भोजपुर, खानीडाँडा र थामखर्क विमानस्थल खोटाङबाहेक उडान भर्न नसकेको जनाइएको छ । प्रविधिको विकाससँगै हुलाकमार्फत पछिल्लो समय निजीभन्दा पनि सरकारी पत्र बढी आदान प्रदान हुने गरेको छ । रासस

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ६ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…