back

फराकिलो बन्दै गएको सेयर बजार र सरोकारवाला निकायको साँघुरिंदै गएको नियत

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

147 

shares
NTC AD
Global IME AD

 कर्मचारीको बृत्ती बिकास, कर्मचारीको सेवा सुबिधामा ध्यान नदिएको कारण ग्राहक मैत्री बातावरण बन्न सकेको छैन। बैंकलाई ब्रोकर लाईसेन्स र ब्रोकर कमिशनमा कटौतीलाई छोटो चित्तले अपब्याख्या गर्दै यसको बिरोध जनाउँदै छन्, बास्तबमा यो बिषयले सार्थकता पाएको खण्डमा भोलिको दिनमा उनिहरुलाई नै फाईदा गराउने छ।

आफूले सेयर बजार प्रवेश गरे देखी अहिलेसम्मको अवस्थालाई नियाल्दा सुचना, प्रबिधीको बिकास, बजारको दायरा बिस्तार, बिदेशबाट समेत कारोबार गर्न सकिने ब्यवस्था जस्ता कारणले गर्दा बजार फराकिलो भएपनी यस अनुरुप सरोकारवाला निकायको नियत भने झन् झन् साँघुरो हुँदै गएको प्रष्ट आभाष हुन्छ। तथापी लगानिकर्ताको बजारप्रतीको आकर्षण दिन प्रतीदिन बढ्दो छ।

बजारप्रती सरकारको नियत
केहिदिन अघी बर्तमान अर्थमन्त्री बिष्णु पौडेलले पुँजी बजारको तर्फबाट मुँल्याँकनमा A+ प्राप्त गरे भन्ने समाचार बाहिरियो। के बजार बढ्नुबाट मात्रै अर्थमन्त्रीको कार्यकुशलता झल्कन्छ ? अर्थमन्त्री नियुक्तीको दिन देखी आजसम्म उनले बजारको लागी के काम गरे ? बजारको सुधारको लागी सिन्को भाँचेको त कुरै छाडौं एउटा सम्बोधन समेत गरेका छैनन्।

पहिलेदेखी नै अर्थमन्त्रीहरुले सेयर बजारलाई आफूअनुकुल ब्याख्या गरेर क्रेडिट लिने काम मात्र गरे। बजेट भाषणमा बजारलाई सम्बोधन गर्दै ठुला ठुला कुरा गर्ने अनि बजार बढ्दा मेरो कारणले बढ्यो, मेरो कार्यकालमा बढ्यो जस्ता अभिब्याक्ती दिंदै आफुले मात्र जस लिने कार्य सिवाय केहि गरेनन्।

बजारप्रती नियामक निकायको नियत:
पुँजीबजारको बिकास र बिस्तारमा नियामक निकायको पहिलो भूमिका रहेको हुन्छ। समयअनुकुल निती नियम परिवर्तनन नयाँ निती निर्माणमा गृहकार्य गर्दै कार्यान्वयान पक्षलाई मजबुत बनाउनु पर्ने नियामक निकाय अहिलेको अवस्थामा आफै पोलियो लागे झैं लुलो गतीमा हिंडिरहेको छ। बजारमा सुचनाको चुहावट गर्दै खुल्ला रुपमा भैरहेको ईन्साईडर ट्रेडिङको सवालमा होस् या लगानिकर्ताले बिभिन्न निकायबाट पाएको सास्तीको सन्दर्भमा होस्, बोर्ड अध्यानमा मात्रै सिमित भएको देखिन्छ। बजारको तत्कालको आवश्यकता बैंकलाई लाईसेन्स दिने, ब्रोकर सँख्या बढाउने, कमिशन घटाउने, बैदेशिक लगानी भित्र्याउने, लगानिकर्ता परिचय पत्र प्रदान गरेर बिषेश सुबिधा प्रदान गर्ने, जस्ता पुराना नितीहरुलाई लत्याउँदै नयाँ नयाँ बिषयहरु जस्तो कहिले ब्रोकर रहित कारोबार त कहिले ब्रोकर एजेण्ट जस्ता बकम्फुसे कुराहरु गर्दै लगानिकर्तालाई अलमल्याउने काममा लागेको प्रष्टै देखिएको छ। आफ्नो कार्यकालको करिव एक बर्ष (२५५ समय) ब्यतित भईसक्दा पनि नव नियुक्त सेवान अध्यक्ष भिष्म ढुँगानाले सिन्को पनि नभाँची चिया गफै मात्र गरेर बिताउनु भयो।

नेप्सेको अनलाईन सिस्टममा ब्यतिथी कायमै हुनुका साथै सिडिएस सिस्टमले आईपिओ आवेदन गर्न एकदमै मुश्किल, ई-डिआईएसमा समस्या, क्लोज आउटको समस्या जस्ता कारणले लगानिकर्तालाई बारम्बार धुरुधुरु रुवाएको छ।
यतिबेला लगानिकर्ताले पुर्व सेबोन अध्यक्ष डा. रेवत बहादुर कार्की र सिडिएस प्रमुख जय प्रकाश गुप्ताको आवश्यकता महसुष गरिरहेका छन्, जसले आफ्नो कार्यकालमा निस्स्वार्थ काम गरेर ब्रोकर कमिशन घटाउने, बैंकलाई ब्रोकर लाईसेन्स दिने निर्णय, कागजी कारोबारलाई पुर्ण रुपमा बिस्थापित गरी अभौतिक कारोबार कार्यान्व्यनमा ल्याउने, ८ घण्टा लाईन बसेर भर्नु पर्ने आईपिओ लाई एक क्लिकमै घर मै बसेर आवेदन दिन सकिने ब्यवस्था ल्याउने जस्ता ठुलो क्रान्तिकारी परिवर्तन ल्याईदिएका थिए। उनिहरुले बनाईदिएको घरलाई अहिलेकाले सिंगार्न त के कुरा सम्हाल्न समेत सकेनन्।

स्टक ब्रोकरहरुको नियत:
सुरुदेखी मै खाउँ, मै लाउँ, मेरो मात्र एकछत्र राज हुनुपर्छ भन्ने ब्रोकरहरुको सोचमा कहिल्यै परिवर्तन आएन। २०६२ साल अगाडी २३ ब्रोकर रहेकोमा २७ थप गरेर ५० पुर्‍याउने प्रकृयाले मुर्त रुप लिन बिभिन्न अवरोधहरुलाई पन्छ्याउँदै ४ बर्ष कुर्नु पर्‍यो। पुरानामा थप २७ ले हाम्रो ब्यापार चौपट पारिदिन्छन् भन्ने सँकुचित सोच रहेको थियो। दैनिक पाँच करोडको कारोबार अहिले पाँच अर्ब माथी हुँदा अहिले आएर सायद उनिहरुले बुझे होलान्, बजारको बिकास र विस्तारमा २७ को भूमिका कस्तो रह्यो।

अहिले ब्रोकरहरुमा कुनै नयाँ सोच बिकास नभई पुरानै सोच अनुसार काम गरिरहेका छन्, नयाँ प्रबिधीको बिकास गरेका छैनन्। कर्मचारीको बृत्ती बिकास, कर्मचारीको सेवा सुबिधामा ध्यान नदिएको कारण ग्राहक मैत्री बातावरण बन्न सकेको छैन। बैंकलाई ब्रोकर लाईसेन्स र ब्रोकर कमिशनमा कटौतीलाई छोटो चित्तले अपब्याख्या गर्दै यसको बिरोध जनाउँदै छन्, बास्तबमा यो बिषयले सार्थकता पाएको खण्डमा भोलिको दिनमा उनिहरुलाई नै फाईदा गराउने छ।

लगानिकर्ता सँघसँस्थाहरुको नियत :
बजार घट्दा बिभिन्न बिषयलाई लिएर जोडदार र बुलन्द आवाज उठाउने मात्र नभई आन्दोलन र अनसन सम्म बसेर सबैको ध्यान आकृष्ट गर्न सक्ने सँघसँस्थाहरु अहिलेको बढ्दो बजारमा आफैमा मस्त छन्। बजारको आवश्यकता र नितिगत सुधारको बिषयमा केहिले भित्र भित्र ब्याक्तीगत रुपमा पहल गरे पनि सम्बन्धित निकाय समक्ष कसैले पनि जोडदार आवाज उठाउन सकेको देखिंदैन।

अन्त्यमा,
सरकार, नियामक, ब्रोकरलाई नियम अनुसार कारोबार पिच्छे नै कर र कमिशन बुझाउँदा पनि आफुले पाउनु पर्ने न्युनतम सुबिधाबाट बन्चित हुँदा पनि हँसिलो मुहार लगाएर सहेर बस्ने लगानिकर्ता महान् हुन्। राज्यको तर्फबाट बजारको बिकास बारे पटक्कै ध्यान नदिने सरकार र गफै मात्र गरेर भत्ता पचाउँदै नितिगत सुधारको लागी पहल नगर्ने नियामक लाचार हुन्।
चक्रीय हिसाब र बजारलाई प्रभाव पार्ने बिभिन्न तत्वका कारण बजार सोचेभन्दा माथी नै जाला। केहि समय दैनिक दशौं अर्ब कारोबार पनि होला। कामै नगरि जस लिनेहरुले जस पनि लेलान्। सरकार नियामक र ब्रोकरको ढुकुटी पनि भरिभराउ होला। अन्तत यसको निरन्तरता र बजारको दिगो बिकास र बिस्तारको लागी सरोकारवाला सबैले मरिच झै खुम्चिएको मनलाई फराकिलो बनाउँदै नियत सफा राख्दै कर्तव्यबोध गर्नुको बिकल्प छैन।
५ मंसिर २०७७

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १९:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

काठमाडौँ । समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै...

ओखलढुङगा कारागार र घरेलु इलम केन्द्र 

ओखलढुङगा कारागार र घरेलु इलम केन्द्र 

दण्ड अपराधको परिणाम हो।यसको सोझो सम्बन्ध समाजसँग हुन्छ।अपराधविहिन समाजको कल्पना...

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...